धादिङ दार्खा । थ्रीडी बिर्चेत युवा क्लवले आयोजना गर्ने थ्रीडी कप फुटवल प्रतियोगिताको सुरु भएको छ ।
दार्खा गाविस भरको नौवटा वडाबाट २४ टिम सहभागि छन् । उद्घाटन खेल थ्रीडी सि र थ्रीडी डी बिच भएको रोमाञ्चक खेलमा १९ मिनट मै थ्रीडी सिका खेलाडी हिरावीर तामाङ, २६ मिनटमा टिकराम तामाङले एक एक गोल हानेको छ ।
थ्रीडी डीका जित बहादुरले आत्मघाती गोल गरेर ३-० को अन्तरमा थ्रीडी सिले खेल जितेको जितेको थियो ।
खेल उद्घाटन इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी सहायक निरिक्षक, पूर्व गाविस सचिव तेजसिंह गुरूङ, समाजसेवी प्रेमबहादुर गुरूङले गर्नुभएको थियो । खेल आगामी एक सातासम्म नियमित सञ्चालन हुनेछ ।