ढोला स्थित भुकम्प पिडित शिवरबाट बालक हराए

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २३, २०७२

धादिङबेसी । धादिङ लापाबाट भुकम्प विस्तापितहरुको ढोला गाविस स्थित आले शिविरबाट बालक हराएका छन् ।
मंगलबार स्कुल जान हिडेका निमाडोर्मे तामाङ बेलुका स्कुलबाट नफर्के पछि हराएको अभिभावकहरुले थाहा पाएका हुन् ।
१४ वर्षिय निमाडोर्मे तामाङलाई सागर तामाङ भनेर बोलाईने र चिन्ने गरिन्छ ।
कालिका माध्यामिक विद्यालय ढोलामा कक्षा ८ मा पढ्ने तामाङले स्कुल जाने बेलामा खाजा खान पैसा मागेको र खुद्रा पैसा नभएर फिर्ता ल्याउ भन्दै आमा यतिमायाँले एकहजार दिएर पठाएकोले उक्त बालक कहि गएको हुन सक्ने हँुदा खोजबिन गरियो तर फेला नपरे पछि पुलिसलाई खबर गरिसकेको समेत आमा यतिमायाँले बताउनु भयो ।
उहाँले टुहुरो छोरा हो बुबा छैन आफ्नो सहारा हराएको प्रति भाव विहिल हुँदै देख्नुहुने जो कसैले पनि नजिकको प्रहरी कार्यालय वा ९८०३८८०८१६ मा खबर गरिदिन आग्रह गर्नु भयो ।tt