देउसी भैलौबाट संकलित रकम विकास निर्माणको लागि खर्च गरिने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २३, २०७२

गंगालाल गुरुङ, नीलकण्ठ, धादिङ ।
गरे के हुन्न , हाम्ले नगरे कस्ले गर्नी, हाम्ले नत्यागे कसले त्याग्नी ? यो भनाई नेपाली समाजमा चलेको प्रख्यात भनाई हो । समाज परिवर्तनको लागि युवा जागरण जागृत हुन सकेमा गाउमा विकास ganggalनिर्माण र सामाजिक विकृति र विसङगतिलाई अन्त्य गर्न सकिन्छ । यस्तै उदाहरण बनेका छन धादिङको नीलकण्ठ १ चिसापानीमा रहेको गणेश कुण्ड मैत्री युवा समाज । यो सालको तिहारमा अवसर पारेर क्लवबाट खेलिएको देउसी भैलो कार्यक्रमबाट ६७ हजार भन्दा बढि रकम सङकलन गर्न क्लव सफल भएका छन ।
समाजमा युवाहरु मिलेर खेलिएको देउसी भैलोबाट सङकलित रकम क्लवलाई आवश्यक पर्ने सामाग्री र विकास निर्माणको लागि खर्च गरिने क्लवले जनाएको छ । वि.स.२०६८ सालमा गाउका जुझारु युवाहरुको सक्रियतामा ११ सदस्यीय कार्य समिति रहने गरि गठन गरिएको यो क्लवले गाउमा हुने विकास निर्माणको कार्यहरु , आफ्नो सस्कृति जगेर्नाको लागि विभिन्न अवसर पारेर विविध कार्यक्रमहरु गर्दै आएका छन । समाजमा हुने विकृति जन्य कार्यहरु रोक्नका लागि क्लवले गाउमा चेतना मुलक कार्यक्रमहरु चेतनामुलक गोष्ठी नाटकहरु सञ्चालन गर्दै आएका छन । यसै बर्ष पनि विजयादशमीको अवसर पारेर क्लवले शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक कार्यक्रम क्लवले सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरेका थिए । जसमा छिमेकी गाउहरु सिउडीवार , काउले , जुरेथुम , ढोडेनी, सिम्लेमा रहेका वाल तथा युवा क्लवहरुको उल्लेख्य सहभागिता रहेको थियो । समाज निर्माणको आधार स्तम्भ र गाउ समाजको विकास निर्माणमा सधै र सबै एक जुट हुनु पर्ने क्लवका सदस्यहरुले सो अवसरमा बताएका थिए । आफ्नो गाउ आफै बनाउ भन्ने अभियान नेपालका विभिन्न जिल्ला तथा तहरुमा भईरहदा गणेश कुण्ड मैत्री युवा समाजले पनि आफ्नो गाउको मुहार फेर्नको लागि समाजका युवाहरु एक जुट भएर लागेको देख्दा यसबाट अन्य युवाहरुले पनि पाठ सिक्नुपर्ने देखिन्छ ।
वि.सं २०६८ सालमा सुशिल गुरुङको अध्यक्षतामा गठन गरिएको गणेश कुण्ड मैत्री युवा समाज चिसापानीलाई नमुना गाउको रुपमा परिचित गराउने उदेश्यका साथ स्थापना भएको क्लवमा उपाध्यक्षमा मिनु परियार तथा एस वि गुरूङलाइ सचिवमा चयन गरिएको थियो । क्लवको संरक्षण तथा सञ्चालनको लागि अर्जुन घिमिरे , राम बहादुर गुरुङ, तिलक गुरुङ रहने गरि ३ सदस्यीत सल्लाहकार समिति समेत चयन गरि स्थापना भएको क्लवले हाल आएर समाजको लागि आवश्यक पर्ने सामाग्रीहरु खरिद, वाटो घाटो निर्माण देखि लिएर सामाजिक कार्यका लागि एक जुट हुदै आईरहेका छन । भोलीका दिनहरु समाजलाई सम्मुनत तथा प्रगतिशिल बनाउनका लागि एक जुट हुने क्लवका सदस्यहरुले प्रतिवद्धता व्यक्त गरेका छन । समाज विकास तथा निर्माणको अभियानमा लागेको गणेश कुण्ड मैत्री युवा समाजले भोलीमा दिन चिसापानीलाई एक नमुना गाउ बनाउने अठोटका साथ अघि बढिरहेका छन ।