काठमाडौं – भारतको निमन्त्रणमा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेताले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवार ठहराएका छन् ।
मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार भएको छुट्टाछुट्टै भेटवार्तामा सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन प्रस्ताव आफूहरुलाई मान्य नभएको पनि बताए ।
भेटमा डोभलले मधेस आन्दोलनका कारण भारत पनि समस्यामा परेको बताएका थिए भने जयशंकरले काठमाडौंमा गएर एक चरण सरकारसँग वार्ता बस्न र नभए नयाँ ढंगले अघि बढ्न सुझाव दिएका छन् ।