अखिल क्रान्तिकारी नीलकण्ठ क्याम्पसको सम्मेलन पुष ५ गते हुने

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २०, २०७२

raj1धादिङवेसी । एकीकृत नेकपा माओवादी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) नीलकण्ठ बहुमूखी क्याम्पुस मुल इकाई समितिले इकाई सम्मेलन आयोजक समितिको गठन गरेको छ ।
आइतबार गठित सम्मेलन आयोजक समितिले पौष ५ गते नीलकण्ठ क्याम्पसको इकाई सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समिति धादिङका संयोजक माधव छत्कुलीको प्रमुख आतिथ्यतामा आईतबार एक कार्यक्रमका वीच नेत्रराज गुरुङको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
पुनर्गठित समितिको सदस्यहरुमा गजेन्द्र गुरुङ, लक्ष्मी श्रेष्ठ, रञ्जना रिजाल, पुजा दुवाडी, विजय थापा, लक्ष्मी गुरुङ, अरुणी गुरुङ, सञ्जु तामाङ, गणेश घिमिरे, बुद्धिमान शाक्य र कविराज लामिछाने, रहेका छन् । आइतबार गठित सम्मेलन आयोजक समितिले पौष ५ गते नीलकण्ठ क्याम्पसको इकाई सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय देशभरको शैक्षिक स्थिति दयनिय भएकोले विद्यार्थीहरुको हक हित र अधिकारको लागि आवाज उठाउन संगठन सक्रिय रहने पुनर्गठित समितिका संयोजक नेत्रराज गुरुङले बताउनुभयो ।
अखिल (क्रान्तिकारी) धादिङले जिल्लाको शैक्षिक आन्दोलन माथि उठाउन जिल्लाव्यापी रुपमा अभियान संचालन गरिएको जिल्ला संयोजक माधव छत्कुलीले बताउनुभयो ।
अखिल (क्रान्तिकारी) धादिङले जिल्ला सम्मेलनको तयारी स्वरुप जिल्लाभरका सबै क्याम्पस, उच्च मावि र माध्यमिक विद्यालय सम्म अभियान नै संचालन गरी संगठन गठन, पुनर्गठन तथा क्रियाशील बनाउन लागिएको अखिल क्रान्तिकारी धादिङले जनाएको छ ।