धादिङका ३ सभासद अख्तियारको फन्दामा

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २०, २०७२

rrrrrrrrrrrधादिङबेसी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा धादिङका ३ जना सभासदहरु अख्तियारको फन्दामा परेका छन् ।
पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेपछि धादिङका राजेन्द्र पाण्डे, सुरेन्द्र पान्डे र रविन्द्र प्रताप शाहको सम्पति अख्तियारले छानविन गर्ने भएको हो ।
राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे दाजुभाई हुन्भने उनीहरु एमाले पार्टीका प्रभावशाली नेताहुन् । रविन्द्र प्रताप शाह एमाओवादीले बनाएको समानुपातिक सभासद हुन् उनी सक्रिय राजनीतिमा छैनन् तर प्रहरीका पूर्व आईजिपि समेत रहेका शाह समेत अख्तियारको छानविनमा परेका छन् ।
अख्तियारले उनीहर सहित २९ जना सबैको बैंक लकरहरु आइतबारसम्म बन्द गर्नसमेत निर्दैशन दिएको छ ।