बाबुराम भट्टराई सुटुक्क दिल्ली उडे

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १८, २०७२

Baburam_Bhattaraiमङ्सिर १८ । भारतलाई गाली र दवाव नदिन सरकारलाई चेतावानी दिए लगत्तै डा. बाबुराम भट्टराई भारत जानु भएको छ ।

एयर इन्डियाको जहाजबाट दिल्ली गएका भट्टराई दिल्लीबाट मुम्बइमा जाने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । भोली मुम्बइमा विश्वबैंकको आर्थिक सम्बन्धि कार्यक्रम रहेको र सोही कार्यक्रममा प्रमुख कार्यपत्र प्रस्तुतकर्ताको रुपमा भट्टराइ रहेको ती नेताले जानकारी दिए ।
नेपालमा तीन दल र आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज साँझ वार्ता गर्ने तयारी भइरहेका बेला भएको दिल्ली भ्रमणलाई प्राथमिकता साथ हेरिए पनि भट्टराईले नेपालमा जारी गतिरोधको विषयमा खासै धारणा राख्ने तय नभएको बताइएको छ ।