विद्यार्थीलाई ग्यास उपहार

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १८, २०७२

gyaशिक्षकले गोलाप्रथामा परेको ग्यास विद्यार्थीलाई उपहार दिएका छन्। बेनी सामुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठले आफूले गोलाप्रथामा पाएको ग्यासलाई अति आवश्यक परेका तीन जना विद्यार्थीले प्रयोग गर्ने गरी निःशुल्क उपलब्ध गराएका हुन्।
बेनी नगरपालिका–१४ सुर्केमेला स्थायी घर भई हाल बेनी सामुदायिक उच्च माविमा कक्षा १२ मा अध्ययरत बिश्सु पुन, सोही विद्यालयमा कक्षा ८ का प्रेम पुन र न्यु वेस्ट प्वाइन्ट आवासयी उच्च माविमा कक्षा ११ की विर्शा पुनलाई बिहीबार सिलिन्डर उपलब्ध गराएका हुन् ।

‘नाकाबन्दीले विद्यार्थीको शैक्षिक गतिविधिलाई नै असर गरिरहेको छ। तीन जनाको दयनीय अवस्था देखेर सहयोग गरेँ,’ श्रेष्ठले भने । गत शनिबार र आइतबार बेनीमा वितरण गरिएको ३ सय ८२ सिलिन्डर ग्यासमध्ये आफूलाई परे त्यो विद्यार्थीलाई उपलब्ध गराउने सामाजिक सञ्जालबाट घोषणा गरेका थिए।

घोषणा गरेलगत्तै करिब ५० जनाभन्दा धेरैले आफ्नो समस्या बताए पनि एकै परिवारमा रहेका तीन जनालाई राहत मिल्ने भएकाले सहयोग गरेको प्राचार्य श्रेष्ठले बताए । ‘मेरो घरमै दाउराको प्रयोग गरी खाना पकाइरहेको छु । नाकाबन्दीले एसएलसीको तयारीमा जुटेका विद्यार्थीलाई समेत असर गरिरहेको छ,’ उनले भने।

यसै वर्ष शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था (पिपी) प्रजापति प्रसाइँ फाउन्डेसनले देशभरकै उत्कृष्ट शिक्षकको रुपमा सम्मानसहित विभिन्न पुरस्कार प्राप्त गरेका श्रेष्ठले पुरस्कारको रकमसमेत विद्यार्थीको हितमा खर्च गरेका थिए । नागरिक दैनिक