नलाङका रुद्र भट्टको मोडलिङ रहेको अधुनिक गीत बजारमा

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १५, २०७२

rudarधादिङ । नलाङ अर्चलेका रुद्र भट्ट सुरेशको मोडलिङ रहेको म्यूजिक भिडियो बजारमा आएको छ ।
लामो समय देखि ठमेलमा व्यवसाय गर्दै आएका रुद्रले मायाँको हत्या आधुनिक गीती संग्रहमा मोडलिङ गर्नु भएको हो ।
सप्तरङ्गि मल्टिमिडियाको प्रस्तुति रहेको यस मायाको हत्या गीती संग्रहमा भट्टलाई काठमाडौं कलंकी की निष्मा पौडेल र रेखाले साथ दिएका छन् ।
सानै देखि गाउने र गीत कविता लेख्दै साहित्य प्रति रुचि राख्ने भट्टले ५ वर्ष पहिला नै कविता संग्रह प्रकासित गरि सक्नु भएको छ । तर मोडलिङ यो नै पहिलो भएको उहाँले धादिङ पोष्टलाई बताउनु भयो ।
PRBT ६०४५७८४२ र UTL ५४६१२७४२ रहेको यो गीती यूवट्यूवमा समेत हेर्न र सुन्न सकिने भट्टले जानकारी दिनु भयो ।
तिलक बस्नेतको यस गीती संग्रहको म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन भरत शेरचनले गर्नु
भएको छ ।
भिडियो