आज राती ११ बजे बार्सिलोना र रियल भिड्दै

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ५, २०७२

ElClasicoएजेन्सी । विश्व फुटबल ईतिहासमा राम्रा मानिएका यी बार्सिलोना र रियल म्याड्रिड ‘एल क्लासिको’दुई फुटबल टिम बीच आज प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार आज राती ११ बजे रियलको घरेलु मैदान सान्टिएगो बर्नबाउमा एल क्लासिकोको पहिलो भिडन्त हुन लागेको हो ।

जारी यो वर्षको लिगमा बार्सिलोना रियलभन्दा ३ अंकले अघि छ । बार्सिलोनाको लागि दुई महिना घाइते फर्किएका स्टार लियोनेल मेसीले उत्साह थपेका छन् भने रियलका लागि डिफेन्सको चिन्ता छ ।

बार्सा र रियलबीचको एल क्लासिकोको अहिलेसम्मको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । कूल २६२ खेलमा रियलले ९६ खेल जितेको छ भने बार्साले १०८ जित आफ्नो नाममा लेखाएको छ ।
५८ खेल बराबरीमा भएका छन् । तर, घरेलु मैदानको रेकर्ड भने रियलको नाममा छ । रियलले १३६ खेलमा ७४ जित ३३ हार २९ बराबरी खेलेको छ । बार्सिलोनाले १२६ खेलमा ७० मा जित २७ हार २९ नै खेल बराबरीका लागि खेलेको छ । रियलका लागि क्रिश्चियानो रोनाल्डो र बार्साका मेसीको भिडन्तलाई समेत लिइने गरिन्छ ।