मकवानपुरको टिस्टुङ्, बज्रबाराहीमा रिसोर्ट संचालनमा !

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ३, २०७२

unnamedमकवानपुरको टिस्टुङ्, बज्रबाराहीमा विविध सुविधासहितको ‘ओम अध्याय रिट्रिट’ सम्पूर्ण निर्माण सम्पन्न गरि संचालनमा आएको छ। काठमाडौँबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको बज्रबाराहीमा आन्तरिक तथा बाह्य पर्यटकलाई खाने बस्ने सुविधा सहितको मनोरम दृश्यावलोकन तथा प्रकृतिसँग रमाउने उपयुक्त स्थानमा यो रिसोर्ट संचालन गरिएको रिसोर्टका संचालक अर्जुन सिंह ठकुरीले बताए।
काठमाडौँमा सूचना प्रविधी (आइ टि) व्यबसाय गरेर धेरैलाई रोजगारी अनि सेवाग्राहीलाई सेवा दिईरहेका, आइ टी उधमी अर्जुनसिंह ठकुरीले आफ़्नै जन्मथलोमा रिसोर्ट निर्माण गरि आफ्नै गाउँठाउंलाई सबैको सामु चिनाउन र रोजगारीको सिर्जना समेत गर्न पाउँदा आफुलाई अत्यन्त खुसि महसुस भएको बताउँछन्।
उनकै व्यक्तिगत स्वामित्वमा रहेको करिब १९ रोपनी जमिनमा उनले कुल लागत करिब दुई करोड़ मा सो रिसोर्ट निर्माण गरेका हुन्। रिसोर्ट निर्माणमा स्थानीय शैलीलाई पछ्याइएको र रिसोर्ट को आधारभूत संरचना परम्परागत नेपाली संस्कृति र आधुनिक निर्माण शैलीमा आधारित रहेको हुँदा प्राचिन दरबार तथा मन्दिर जस्तो झल्को आउने गर्छ। आधुनिक इँटाको सजावटले रिसोर्ट थप आकर्षक देखिएको छ। रिसोर्ट निर्माणमा स्थानीय तहमा उपलब्ध र नेपालमा बनेको सामग्री हरु तथा स्थानीय जनशक्ति लाई प्राथमिकता दिईएको छ । ​
रिसोर्टमा बालबालिका देखि वृद्दवृद्दासम्मलाई मनोरंजन दिने किसिमका सुविधा निर्माण गरिएका छन्। जम्मा ८ ओटा बेडरुम साथै गोष्ठी तथा सेमिनारका लागि एउटा बहुउद्देश्यीय हल रहेको यस रिसोर्टमा, सुन्दर तरिकाले निर्माण गरिएको फायरपिट, कोल्ड वाटर थेरापी सुविधासहितको प्लंजपूल, र प्राचिन शैलीमा निर्माण गरिएको ढुंगेधारा र वाटर फाउन्टेनले आदि ले यस रिसोर्टको वातावरणलाई अझ रमणीय बनाइदिएको छ। शान्त र स्वछ वातावरण अनि रमणीय स्थानमा रहेको हुँदा जो कोहि पनि आफ्नो व्यस्त कार्यतालिकाबाट 8बाहिर निस्केर केहि समय स्वच्छ वातावरणमा रमाउन चाहनेहरुका लागी अत्यन्तै उपयुक्त रहेको छ।
रिसोर्टले कृषि पर्यटन, पर्यावरणीय पर्यटनलाई प्रवर्धन गर्न कृषि र र प्रकृति संग रमाउन चाहने साथै गाउँले जिवनको अनुभव गर्न चाहने पर्यटकका लागी पनि यँहा त्यसै अनुरुपको प्याकेजहरुको व्यवस्था गरियको छ। यस्ता प्याकेजभित्र कृषिमा आधारित विभिन्न क्रियाकलाप हरु – धान रोप्ने, गोड्ने, मौसम अनुसारको खेती लगाउने, हलो जोत्ने, तोरी/फापर रोप्ने/काट्ने जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् । रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नजिकको खोलामा माछा मार्ने, विभिन्न किसिमका कृषिका कार्यक्रममा सहभागी हुने, पहाडमा साइकल चलाउने, छोटो तथा लामो दुरीको पैदल यात्रा गर्ने, कुलेखानीमा डुंगा सयर, मनोरम दृश्यावोलाकन, जंगल सफारी, फोटोग्राफी, भिडियोग्राफी, भेडा फार्म अवलकोन, सुर्योदय र सुर्यास्तका दृश्याबलोकन जस्ता आकर्षक क्रियाकलापले १ दिन देखि हप्ता दिन सम्म समय विताउन सजिलो बनाउनेछ ।
1संचालक ठकूरीको विचारमा यस्ता कार्यक्रमहरुले शहर र गाउँको सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग गर्दछ। साथै लामो समय देखि नेपालमा बस्दै आएका विदेशीहरुले आजसम्म पनि सहि मानेमा नेपाली जनजीवनलाई नजीकबाट नियाल्न सकेका छैनन्, त्यस्ता पर्यटकका लागी पनि यस कृषीमा आधारित प्याकेजले कृषि प्रधान देश नेपाललाई नजिकबाट नियाल्न तथा नेपालीको जनजीवन अनुभव गर्न पनि सहयोग गर्दछ।
रिसोर्टमा विधालय, कलेज र अफिस लगायतका ठुला समूह हरुलाई लक्षित गरी विभिन्न ३ देखि ५ वटा समूहलाई एकै पटक पिकनिक मनाउन मिल्ने, मनोरम दृश्य नियाल्न सकिने पिकनिक स्पटहरु पनि निर्माण गरिएको छ।
रिसोर्टको वरिपरि करिब पाँच रोपनी जमीनमा किवी फलको खेती गरिएको छ। किवी फल सम्बन्धी व्यवसाय गर्न इच्छुक आगन्तुकलाई किवी फल बारे सम्पूर्ण जानकारी पनि दिने गरिन्छ। साथै रिसोर्टमा बस्दा किवी टिप्ने /खाने लगायतका मनोरन्जनात्मक इभेन्ट गरीने बताईएको छ ।
2रिसोर्ट परिसरमा आंशिक जंगल क्षेत्र पनि रहेको हुँदा उक्त स्वच्छ र शान्त जंगल योगा र ध्यानका लागि अति नै उपयुक्त रहेको छ। बिभिन्न किसिमका रुखबिरुवाले भरिएको जंगल सहितको पहाडले घेरिएको सानो गाउँमा अवस्थित यस रिसोर्टले जंगलमा भएका रुखबिरुवा को बारेमा जिज्ञासु आगन्तुकलाई विस्तृत रुपमा जानकारी दिने पनि गर्दछ। विशेषगरी जंगलमा अधिक मात्रामा पाइने गोब्रे सल्ला (ब्लु पाइन र वैज्ञानिक नाम Pinus wallichiana) र लालीगुराँसले यस ठाउँलाई थप आकर्षक बनाएको छ।
भान्सामा गाउँमै उत्पादित खाद्य वस्तुलाई जोड दिइएको हुँदा यहाँ आउने पर्यटकहरुले फरक स्वाद अनुभव गर्न पाउनेछन् । नियमित खानाको अतिरिक्त स्थानीय तहमा उत्पादित किवी फल, बाख्राको चिज, कुलेखानीको माछा, लोकल कुखुरा आदि पर्यटकका लागि नौलो हुने उनले बताए }
नजिकैको प्रसिद्ध मन्दिरहरु उनमत्तेश्वर महादेव र बज्रबराहीले यस ठाउँको यात्रालाई धार्मिक पनि बनाउनेछ। यस ठाउँमा आउने पर्यटकहरुले बाइसेचौबिसे राज्यको पालामा बनेको राजदरबार, कोतघर, ऐतिहसिक बस्ति, नेपाल ल्याईएको पहिलो गाडी जसलाई मान्छेले बोकेर काठमाडौँ भित्र्याइएको बाटो जस्ता ऐतिहासिक आकर्षणहरुको अवलोकन गर्न पाउनेछन। यो ठाउँ अन्य धेरै गन्तव्यमा पुग्नको लागि पनि उपयुक्त मानिएको छ। पर्यटकीय हिसाबले प्रख्यात स्थान पालुंग, दामन, मार्खु, कुलेखानी, चित्लाङ्ग आदि यस ठाउँबाट नजिकै पर्ने हुँदा पर्यटकहरुको लागि यो राम्रो गन्तव्य हुन सक्छ ।
यहि आश्विन महिनादेखि संचालनमा आएको यस रिसोर्टमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ साथै विदेशी पर्यटकका लागी पनि अझ उपयुक्त वातावरण बनाई उनीहरुलाई पनि यतातर्फ़ आकर्षित गर्ने संचालक अर्जुन सिंह ठकुरीले बताए।
यस ठाउँमा रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक साथै सम्पूर्ण प्रकृतिप्रेमीहरु जो कोहि पनि एक्लै, परिवार र साथीहरुसँग, यस रिसोर्टमा आउन सक्दछन। करिब १ दिन देखि ७ दिनसम्मको छुट्टीलाई यस ठाउँमा अत्यन्तै रमाइलोसँग बिताउन सकिन्छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस ठाउँको विकासमा टेवा पुर्याउनका निमित्त पनि यस रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने कुरामा ढुक्क छन् संचालक ठकूरी।
6निकट भविस्यमा रिसोर्टमा अरु धरै टेन्ट क्याम्प हरु राख्ने, बन्जी जम्पिंग र प्यारा ग्लाइडिङ्गका लागि सम्भाव्यता अध्यन गर्ने र यस क्षेत्रमा रिसोर्टका अन्य शाखा विस्तार गर्दै यस समग्र क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकशित गर्ने योजना रहेको ठकुरीले बताए । यसका लागि आफुले देश भित्रकै अन्य साना लगानीकर्ता हरुलाई हौसला प्रदान गर्दै, पूजी संकलन र परिचालन गर्ने उनले बताए ।1

7

3

4

5

6