नयाँ शक्तिबारे हप्ता दिन भित्र निर्णय गर्छु– राजु नेपाल (धादिङमा नयाँ शक्ति)

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १, २०७२

raju nepalधादिङ । एमाओवादी धादिङका उपाध्यक्ष राजु नेपालले नयाँ शक्ति गठन बारे निर्णय सुन्न हप्ता दिन कुर्नु पर्ने बताउनु भएको छ ।
आफै नयाँ शक्ति तिर लाग्ने नलाग्ने निर्णय गरेको छैन । एमाओवादीका नेताहरुले नै कित्ताकट गरेर राजु नेपालमा नयाँ शक्ति तिर गयो भनेर बजार हल्ला फिजाई रहेका छन् यस्तो स्थितिमा आफुलाई नैतिक संकट परेको समेत नेपालले धादिङपोष्टलाई बताउनु भयो ।
यत्रो समय राजनीति गरियो फेरि पनि गरिन्छ सहजरुपमा तर नयाँ शक्ति गठन गर्नै पर्यो भने हप्ता दिन कुर्नूहोला थाहाहुन्छ, नेपालले भन्नु भयो ।
जनयुद्धकालदेखि राजनीतमा लाग्नु भएका राजु नेपाल धादिङका एमाओवादी नेताहरु मध्य विज्ञान र प्रविधी सँग खेल्न सक्ने र राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिलाई नजिकबाट नियाल्दै बहस गर्न सक्ने नेताका रुपमा चिनिदै आउनु भएको छ ।
एमाओवादीमा बाबुराम बिचारलाईे बकलात गर्दै आउने नेता मध्य राजु एक हुन्, तिहार अगाडी नै नयाँ शक्ति गठनको लागि तयारी गरेका थिए तर सुरुमा साथ दिएका जिल्ला कमिटि सदस्यहरुले नै राजु नेपाललाई हकारे पछि धादिङमा नयाँ शक्ति गठन गर्न ढिलाई भएको एक नेताले भने ।
अफ्टेरोमा राजु
बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग नगरुन् जेल बाबुराम समुहका रुपमा चिनिएका जिल्ला समिति सदस्यहरु नै नयाँ शक्ति तिर नलाग्ने भएका भएपछि राजु नेपाललाई अफ्ठेरो परेको सुरुमा राजुलाई साथ दिदैआएका एक नेताले बताए ।
५१ जनाको जिल्ला समिति रहेको एमाओवादी धादिङमा करिव १५ जना जिल्ला कमिटिका सदस्यहरु बाबुराम निकट थिए । तर बाबुराम भटराईले अप्रत्यासित रुपमा एमाओवादी पद त्यागको घोषणा पछि करिव ४ जना जिल्ला कमिटि सदस्यहरुले मात्र नयाँ शक्ति तिर जाने सोच बनाएका ति नेताले बताए ।