एमाओवादी धादिङ-काठामाडौं समन्वय समितिको प्रशिक्षण सम्पन्न भएको छ । धादिङबाट काठमाडौ गई बसोवास तथा काठमाडौंमा गई विभिन्न पेशामा क्रियाशिल एमाओवादी नीकट व्यक्तिहरुको समन्वय समितिको प्रशिक्षण आज ठमेलमा सम्पन्न भएको हो ।
प्रशिक्षणमा एमाओवादी धादिङ नुवाकोट र रसुवाका ईन्चार्ज हितबहादुर तामाङले बाबुराम भट्टराई बहिरगमनले पार्टीलाई झनै एकता र सुदृढ गर्न सजिलो बनाएको बताउनु भएको थियो । उहाँले भट्टराईको पार्टी परित्यागले केहि घाटा भएको स्वीकार्दै पार्टीलाई हिजो पनि बाबुरामले नीतिगत रुपमै अफ्ठ्यारो पादै आउनु भएको हो, कार्यकर्ता सम्म छर्लङ्ग भएको बताउँदै एमाओवादी नै अब नयाँ र सुदृढ पार्टी बन्ने दावी गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि एवम् एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले पार्टी र संगठनलाई मजबुद पार्न आरोप प्रत्यारोप छाडेर एकता बद्धहुन आग्रह गर्नु भएकोे छ । उहाँले पर्यटन व्यवसायीहरुको विवादलाई ईङिकत गर्दै व्यवसायमा प्रतिस्पर्दा हुन्छ नै तर पार्टी र संङ्गठन आवद्ध भई सकेपछि पार्टी संगठनको निर्णय सबै कार्यकर्ताले मान्नु पर्ने बताउनु भएको थियो ।
धादिङ काठमाडौ समन्वय समितिका संयोजक शंकर अधिकारीको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा एमाओवादी धादिङका सचिव विजय बुर्लाकोटी, सहसचिव मनराज भण्डारी, सचिवालय सदस्य रामसिंह तामाङ, दिपक विश्वकर्मा, ताराभण्डारी, वाईसियल धादिङका अध्यक्ष मिलन काठमाडौंमा बसोवकास तथा व्यवसायमा आवद्ध ज्योती अधिकारी, गणेश सिंखडा, सरोज न्यौपाने लगायत सयौंको उपस्थिति रहेको थियो ।
धादिङ-काठामाडौं समन्वय समितिले दशै तिहारको उपलक्ष्यमा आउँदो कार्तिक २३ गते शुभकामना आदानप्रदान कार्यक्रम पनि गर्न लागेको संयोजक शंकर अधिकारीले बताउनु भयो ।