धादिङबेसीमा ग्यास बाडिने हल्लामात्र

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १४, २०७२

LPG_Gas_cylinders-300x225धादिङबेसी । ग्यास सिद्धियर सदरमुकामका होटलहरु दाउरा प्रयोग गरि रहेका छन् भने अधिकाँस सर्वसाधरणहरु भुसे चुलो र बिद्युतिय उपकरण मार्फत गुजारा चलि रहेको बेला हिजो देखि सदरमुकाम धादिङबेसीमा ग्यास वितरण हुने हल्ला चलेको छ । ग्यास वितराणको कुरा हल्ला मात्र भएको धादिङबेसीका ग्यास विक्रेताहरुले बताएका छन् । धादिङबेसीमा ग्यास वितरण हुँदैछ भन्ने हल्ला सहि नभएको समेत उनीहरुले बताए । काठमाडौमा आधा सिलिन्डर ग्यास बाडिन लागेकोले धादिङबेसीमा पनि बाडिन सक्ने हिसावले हल्ला आएको होला ग्यास विक्रेता प्रविण श्रेष्ठले धादिङपोष्ठलाई जानकारी दिनु भयो ।

काठमाडौमा कति बाडिदै
काठमाडौं उपत्यकामा शनिबारका लागि ८० हजार सिलिन्डरमा आधा परिमाण (७.१ किलो) भर्न पुग्ने ग्यास आएको छ । यो सामान्य अवस्थाको दैनिक खपतको तुलनामा दोब्बर परिमाण हो । उद्योगीका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक पूरै भरिएका ४० हजार सिलिन्डर (१४.२ किलो) ग्यास खपत हुने गरेको छ । ग्यास उद्योग संघका अनुसार सामान्य अवस्थामा दैनिक मुलुकभर ६६ बुलेट ग्यास खपत हुने गरेको छ ।
gयसबाट ८२ हजार ५ सय सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । आधा मात्रै ग्यास राख्ने हो ६६ बुलेटबाट १ लाख ६५ हजार सिलिन्डर भर्न सकिन्छ । उपत्यकामा सरदर दैनिक ३० बुलेट ग्यास खपत हुने गर्छ । ३० बुलेटबाट ४१ हजार २ सय ५० सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । संघका अनुसार शुक्रबार साँझ र शनिबार रातिसम्म उपत्यकाका लागि ३२ बुलेट ग्यास आइपुग्नेछन् । भैरहवा नाकाबाट शुक्रबार दिउँसो २४ बुलेट ग्यास काठमाडौंका लागि हिँडेका छन् । ‘ती बुलेट साँझसम्म उपत्यका भित्रिसक्छन्,’ संघ अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘थप ८ बुलेट ग्यास पनि साँझ विभिन्न भन्सार नाका पार गरी काठमाडौंका लागि आउँछन् । ती बुलेट रातिसम्म उद्योगमा आइपुग्छन् ।’
उपत्यकालाई ग्यास आपूर्ति गर्न धादिङमा १२ र काभ्रेमा ३ उद्योग छन् । चितवन, नवलपरासी, बारा, पर्सालगायत तराईमा रहेका थप ११ उद्योगले समेत काठमाडौंको ग्यास आपूर्ति थेग्दै आएका छन् । धादिङ र काभ्ेरमा रहेका उद्योगले राति र बिहानसम्म सिलिन्डरमा आधा ग्यास भरे पनि शनिबार १० बजेपछि उपभोक्ताले ग्यास पाउन सक्ने संघको भनाइ छ ।
उद्योग परिसरमै उपभोक्ता लाइन बढिरहेकाले उद्योग गेटबाटै सर्वसाधारणलाई ग्यास वितरण गर्नुपर्ने अवस्था रहेको उद्योगी बताउँछन् । सोही कारण उद्योगबाट समयमै विक्रेता (पसल) कहाँ ग्यास पुर्‍याउन नसक्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ । सरकारले आधा ग्यास भरिएका सिलिन्डर उद्योगबाट नभई विक्रेताका माध्यमबाट मात्रै बिक्री गर्ने निर्णय गरे पनि उद्योगमा भरिएका ग्यास सिलिन्डर सीधै बिक्रेताकहाँ पुर्‍याउन समस्या छ । ‘आधा भरिएका (७.१ केजी) ग्यास सिलिन्डर विक्रेतामार्फत उपभोक्तालाई वितरण गर्ने निर्णय भइसकेको छ, त्यसैले उपभाक्ताले नजिकको विक्रेताकहाँ सम्पर्क राख्दा राम्रो हुन्छ,’ घिमिरेले भने । काठमाडौंको बजारमा उपलब्ध २६ ब्रान्डकै सिलिन्डरमा शनिबार ग्यास भरिँदै छ । तर, शुक्रबारदेखि ग्यास उद्योगी र विक्रेताकहाँ पुगेर नेता, व्यवसायी, होटेल–रेस्टुरेन्ट सञ्चालकलगायतले ठूलो मात्रामा लैजान थालेकाले सर्वसाधारणले सहजै नपाउने अवस्था छ । सरकारले पनि ग्यास उद्योग र डिपोमा अनुगमनमा चासो देखाएको छैन ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।