एमाओवादी पार्टी एकिकरण तर्फ बाबुराम गए बैद्य र परिथापा आउँदै

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १३, २०७२

kiran parithapaएमाओवादीका नेता बाबुराम भट्टराई बाहिरिए लग्गतै एमाओवादीका मोहन बैद्य र परिथापा भित्रने भएका छन् । पार्टी बिभाजनले कार्यकर्ता रुष्ट बनेका ती नै पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरुमा खुसियाली छाएको छ ।
फुटबाट संविधान सभाको निर्वाचनमा नराम्रो पराजय भोगेको एमाओवादी र निर्वाचनमा सहभागिनै नभएको वैद्यमाओवादीलाई पार्टी एकताको ठुलै दवाव थियो । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता हुने भएको छ। मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीका आधारभूत वैचारिक तथा राजनीतिक विषयहरूमा समान धारणा रहेको भन्दै पार्टी एकता गर्ने निर्णय गरेको हो।

बैद्य नेतृत्वको माओवादी पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबाट अलग्गिएको पार्टी हो भने थापा नेतृत्वको एकीकृतचाहिँ मोहनविक्रम सिंह नेतृत्वको तत्कालीन नेकपा एकताकेन्द्र मसालबाट अलग्गिएको पार्टी हो। सिंह नेतृत्वको मसालको चुनावी मोर्चा राष्टिय जनमोर्चाबाट बाग्लुंगका थापा पटकपटक सांसद् भएका थिए।

अध्यक्ष बैद्य र थापाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विधिवत्रुपमा पार्टी एकताका लागि कात्तिक २२ गते काठमाडौंमा अधिवेशन बोलाइएको छ । फुट हैन एकतामा बल हुन्छ भन्ने शन्देशका साथ हुने यो एकिकरण नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई गोल बन्दगर्ने गरि गरिन लागेको तीनै पार्टीका नेताहरुले बताएक छन् ।Untitled-2(15)