पानी अझै केहि दिन पर्छ – मौसमविद

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १२, २०७२

aaaधादिङ । धादिङ सहित देशका अधिकांशका स्थानमा अहिले वर्षा भइरहेको छ ।
पश्चिमी वायुसँगै अरब सागरमा न्यूनचापिय क्षेत्रको विकासका कारण देशभरको मौसम बदली भएको मौसमविद वरुण पौडेलले बताउनुभयो ।

अरब सागरमा विकसित न्यूनचापिय क्षेत्र विस्तारै पूर्वतर्फ सर्दै गएकाले पूर्वमा पनि झरी पर्ने मौसमविद पौडेलले बताउनुभयो । दिउँसोपख केहीबेर वर्षा रोकिएपनि पुनः वर्षाको सम्भावना छ ।

यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । देशभर परेको झरी र हिमाली क्षेमा हिउँ पर्ने भएकाले जाडो बढ्न सक्ने मौसमविदहरुको अनुमान छ । मौसममा सुधार आउन अझै केहीदिन लाग्ने मौसविद पौडेलले बताउनु भयो ।

हिजो सम्म धान काट्न मेला गईयो आज आफ्नो पालामा पानी पर्यो अब पालो २४ पछि आउँछ । पानीले गर्नु गर्यो चिन्ता व्यक्त गर्नुहुन्छ कटुञ्जेबाट अर्विन्दा मगर त्यसै गरि मार्पाक बाट जानुका सिंखडा खेतमा धानकाटेर पसारो छ यो झरी लामो भो भने खेतमै उम्रछ भन्नु हुन्छ । असारमा खडेरी गएर धान रोप्न कठीनाई भयो जेनतेन रोपेका धान पनि भित्र्याउनेबेला झरी पर्दा किसानहरु चिन्तत छन् ।