धादिङ । चाडपर्वको मौका छोपि बढीभाडा लिने यातायातका साधनहरु धमाधम कार्वाही पर्न थालेका छन् । धादिङ प्रहरीले यातायात व्यावसायीले यात्रुबाट तोकिएको भन्दा बढी असुलेको भाडा व्यावासायीबाट फिर्ता गरी यात्रुलाई नै फिर्ता गरेको छ ।
दसैं सुरुभएपछि असोज २६ देखि कात्तिक ९ गतेसम्म १ हजार १ सय ९९ जना यात्रुसँग यातायात व्यावसायीले नियमितभन्दा बढी असुलेको तीन लाख १० हजार दुई सय ६० भाडा यात्रुहरुको गुनासोको आधारमा कारवाही गरी प्रहरीले भाडा फिर्ता गरेको हो ।
नजिकिदै गरेको दशै, तिहार, र छठ पर्वको अवसरमा राजमार्गमा चल्ने सवारी साधनहरुमा हुन सक्ने चोरी, डकैती, भाडामा अनियमिता, चोरी निकासी, पैठारी नियन्त्रण गर्न र अलपत्रमा परेका यात्रु र उनीहरुको सामानको सुरक्षार्थको प्रहरीले यात्रु सहायत कक्ष स्थापना गरि कामकार्वाही गरि रहेकोजिल्ला कार्यालय धादिङका प्रहरी प्रमखु प्रहरी उपरिक्षक सविन प्रधानले धादिङपोष्ठलाई जानकारी दिनुभयो । ।




