धादिङबेसीबाट हप्पा र मिलन पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ९, २०७२

fffffffffffffffffधादिङ । गुण्डा राधे भनेर चिनिने राधाकृष्ण भण्डारी पक्राउ परे सँगै धादिङबेसीबाट हातहतियार तथा खरखजना मुद्दा लागेर फरार रहेका अन्य युवाहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

धादिङको सत्यदेवी गाँउ विकास समितिको वडा नं.८ रापचोक बस्ने २८ वर्षका मिलन भन्ने एक बहादुर तामाङ्गलाई धादिङवेशी बजारमा लुकी छिपी गरी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । तामाङ असार ४ गतेदेखि फरार थिए ।

तामाङसँगै धादिङ दार्खा ९ घर भई हाल निलकण्ठ न.पा.वडा नं.३ पहरे चौतारा बस्ने वर्ष ३० को हाप्पा भन्ने सुर्य बहादुर गुरुङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ । हप्पा जेलबाट प्रक्रिया पुरा गरी केहि महिना अघि छुटेका हुन उनलाई थप सोधखोजको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखा काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।