धादिङ । डिजलको अभाव देखाउँदै गाडी धनीहरुले मनलाग्दी भाडा असुल्ने गरेको समाचार बाहिर नआएका हैनन् । तर पनि रोकिएको छैन मनलाग्दी भाडा असुल्ने काम धादिङ आरुघाट चल्ने बसले एकटिपको उठाउछ ५० हजार । गाडीको क्षेमता भन्दा बढी यात्रु राखेर चलाउने यी बसले भित्र ५० र छतमा ५० जना गरी १०० जना कोचेर आरुघाटबाट धादिङबेसी आउँछन् ।
यातायत व्यवसायी संघ धादिङले धादिङ-आरुघाट तोकेको भाडा २ सय पचास भए पनि चाडपर्व र डिजल अभाव देखाउँदै प्रतिव्यक्ति ५ सय लिन्छन् भन्नु हुन्छ सिता श्रेष्ठ नआई भएन ५ सय नभए नजानोस सिदै खलासी भाईले भने के गर्नु श्रेष्ठको गनासो कम मार्मिक थिएन ।
यसरी भाडा लिँदा एक टिपकै ५० हजार आम्दानी गाडी मालिकहरुले गर्दै आई रहेका छन् ।
यस्तै धादिङबाट काठमाडौं भाडा दर १ सय ७० तोके पनि समस्या देखाउँदै ३ सय ५० लिन्छन् । आफु जानैपर्ने भएसी के गर्नु ३ सय ५० नै तिर्न बाध्य भएके फेसबुमा स्टाटस हाल्दै दिपक विश्वकर्मा दुखेसो पोख्नु हुन्छ ।
मलुखुबाट धादिङ बस चड्नु भो भने जहाँ झरेनी १ सय भाडा पर्छ अनुगमन गर्ने निकाय किन मौन छन् ।
प्रहरीले ठाउँठाउँमा चेकजाँच गरी सुरक्षित यात्राका लागि सवारी चालकहरूलाई सचेत गराउन सुरुगरेका मिडिया मा आए पनि ट्रापिक प्रहरीकै मिलेमतोमा ओचरलोड गाडीहरुले बोक्ने गरेको यात्रुहरुले गुनासो पोखे । भाडा कति लिएको छ अनुगमन गरेका पाएनऔं भन्नु हुन्छ सुनौला बजार निवासी दिपक विश्कर्मा ।