धादिङ । एमाओवादी धादिङका जिल्ला समिति सदस्य करिमान तामाङ माथि खुकुरी प्रहार गरिएको छ । धादिङ सेर्तुङ निवासी करिमानलाई शनिवार राती १० बजे गाउँमा नै खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहार बाट घाईते भएका तामाङको टाउकोमा गहिरो चोट लागेको छ ।
गणेशहिमाल सामुदायीक अध्ययन केन्द्र सेर्तुङको आज हुने शुभकामना आदान प्रदान कार्यक्रम तयारीमा जुटेका करिमानलाई कार्यक्रम विथोल्न आक्रमण गरिएको हुन सक्ने स्थानियहरुले बताए । स्थानिय बासी तथा सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष रामसिंह तामाङका अनुसार घटना सुनुयोजित भएको र करिमानलाई मार्ने मनसायले खुकुरी प्रहार गरिएको थियो ।
धादिङबेसी आउदा एमाले र गाउँ जाँदा राप्रपा बन्ने चेङ्वा भन्ने बोलो तामाङ र काले भनेर चिनिने निलमान तामाङ लगायतको समुहले करिमानलाई आक्रमण गरेको समेत अध्ययन केन्द्रका अध्यक्ष तामाङले बताउनु भयो ।
घाईते करिमान तामाङलाई आज हेलिकप्टरबाट टिचिङ अस्पताल लगि ईमर्जेन्सीमा राखिएको छ ।
घटना सुनुयोति भएको भन्दै आजै एमाओवादी धादिङले एक विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सर्ना गरेको छ । आक्रमण कारीहरु बोलो तामाङ र काले भनेर चिनिने निलमान तामाङ दुबै पेशेवर गुण्डा भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, हत्या गर्ने मनसायले गरिएको आक्रमणकारीहरुलाई अहिले सम्म प्रहरीले पक्राउ गर्न तत्परता नदेखाएको भन्दै तत्काल पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाउन समेत एमाओवादी धादिङले आग्रह गरेको छ ।