विजया दशमीको अवसरमा जेष्ठ नागरीक सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ६, २०७२

sammaधादिङ, धुँवाकोट । विजया दशमीको अवसर पार्दै विहिबार धुँवाकोटमा जेष्ठ नागरीक सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
जलकन्या प्रावि चिण्यखर्क धुँवाकोटमा ७० वर्ष पार गरेका जेष्ट नागरीकहरुलाई सम्मान गरि शुभकामना आदान प्रदान गरीएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एमाओवादी धादिङका सह सचिव मनराज भण्डारीले दोसल्ला ओढाएर धुँवाकोट गाविसका ७० वर्ष पार गरेका जेष्ट नागरीकलाई सम्मान गर्नु भएको थियो । प्रमुख अतिथि भण्डारीले प्रत्यक्ष रुपमा जनता आफैले बनाएको संविधान प्राप्त गरेको खुसिको क्षण सँगै भारतीय नाकाबन्धीको असरका बीच दशै मनाईदै हुँदा आफ्नो औकात अनुसार मनाउन आग्रह गर्नू भएको थियो ।
त्यसै गरि कार्यक्रममा विशेष अतिथि नेकपा एमाले धादिङका जिल्ला सदस्य श्याम शाहले महंगी र अभवबको बिचमा पनि नेपालीहरुले आफ्नो धर्म संस्कृतिको रक्षा एवम् जगर्ना गर्न सक्छन् भन्दै नाकाबन्दीगर्ने हरुलाई औला ठड्याउनु भएको थियो ।
कार्यक्रममा विरु लामा लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुले भरपूर मनोरञ्जन दिएका थिए ।
नरबहादुर भण्डारीको अध्यषतामा भएको उक्तकार्यक्रममो संचालन नवराज सापकोटाले गर्नु भएकोथियो ।