कात्तिक ५ गते टिका १० बजेर ५५ मिनेटको साईत उत्तम

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ४, २०७२

Dashaiधादिङ । यस वर्षको दसैंमा टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट जाँदा उक्तम मानिएको छ ।
कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको बताईएको छ ।
कात्तिक ९ गते बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ ।
पूर्णिमा व्रत भने कात्तिक १० गते मंगलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।