‘चरी’ को प्रतिस्पर्धी डनका रूपमा परिचित राधे पक्राउ –

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २, २०७२

???????????????????????????????धादिङ । धादिङका राधे भनेर चिनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन् । आईतबार साँझ धादिङबेसी स्थित होटल धादिङ भ्यूबाट भण्डारी पक्राउ परेका हुन् ।
गुण्डा गर्दी, ज्यान मुद्धामा पटक पटक पक्राउ पर्दै र छुड्दै आएका राधे भण्डारीलाई धादिङका प्रहरी नायब प्रहरी उपरीक्षक (एसपि) सविन प्रधानले आफै होटल भ्यू पुगी पक्राउ गर्नु भएको हो ।
उनी दोहोरी साँझमा बेलुका रमाईलो गर्न गएका रहेछन् होहल्ला र अमानविय गतिविधि गरेको भन्ने प्रहरीमा खवर आयोेृ अनि हाम्रो खोजीमा रहेका राधेलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक मल्लले बताउनु भयो उहाँले धादिङपोष्ट सँग कुरा गर्दै राधा कृष्ण भण्डारी पुराना मुद्धाहरु छन् त्यहि अनुसार अनुसार कार्वाही चलाईने बताउनु भयो ।
धादिङकै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रतिस्पर्धी डनका रूपमा राधे परिचित छन्। चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीकाअाधारमा प्रहरीले राधेको खोजी गरेको थिए।
चरीको इन्काउन्टर हुनुभन्दा एकबर्ष अघि चरीसमेत सवार रहेको प्रहरीको गाडीमा गोली प्रहार गरेको भन्दै राधे बिरूद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी परेको थियो ।
काठमाडाैँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङले राधेलाई पक्राउ गरेर राजधानी पठाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपि) सविन प्रधानले जानकारी दिनु भयो ।
नेपाली काँग्रेसका कार्यकर्ता समेत रहेका राधा कृष्ण भण्डारी विगत १ वर्ष देखि अमानविय गतिविधिमा सक्रिय थिएनन् । भुकम्प पछि नियमिति धादिङ आउने पार्टी कार्यक्रममा सहभागी हुने गर्दै आएका थिए ।
किन गए होटल भ्यू राधे
उनका विरोधी कोही थिएनन् होटल भ्यूमा दोहोरी साँझ चलिरहेको थियो । तर रक्सीले मातेका राधे एक्कारी वियरको बोत्तल फुटाई अमानविय गतिविधि सृजना गर्न थाले पछि प्रहरी होटल भ्यू पुगेर पक्राउ गरेको थियो ।