धादिङ । नेकपा एमाले धादिङले आज हिन्दुहरुको महान चाड विजया दशमीको आवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले धादिङले मदन आश्रित स्मृति भवन धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठीले मुलुकले नयाँ संविधान पाएको छ यो संविधान कार्यान्वनको सबै तह र तप्कामा यस बजया दशैले सहजता प्रदान गरोस् दशैको पूर्व सन्ध्यामा मुलुकले प्राप्त गरेको नयाँ अध्यायले सफलता चुम्ने आसा समेत राख्नु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव भक्त लामा, एमाओवादीका जिल्ला सचिव धनबहादुर बुर्लाकोटी, भर्खरै जिल्ला प्रशासन समाल्न धादिङ आउनु भएका प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी प्रहरी नयब उपरिक्षक एकालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।