गाई बाध्ने भत्किएको गोठमा दशै जमरा

Avatar photo
Dhadingpost
शनिबार, अशोज ३०, २०७२

raj copyहिन्दुहरुको महान पर्व विजयादशमी घरदैलोमा फेरी आएको छ । तर आमनेपालीमा यो महान पर्वमा जति खुसी हुनुपर्ने हो त्यसमा अलिकति पनि खुसि भैदिएको भए सायद । देशमा २०७२ बैशाख १२ गते महाभुकम्प गयो । जसको कारण करिव नौ हजार को मृत्यू,दशौ हजार घाईते र अर्वौको सम्पती नष्ट भयो । भने नेपालीको मन एक किसिमले टुक्रियो भन्दा अत्तियुक्ति नहोला । तर फेरी पनि घुम्दै फिर्दै यो महान पर्व हाम्रो घरआँगनमा आईपुगेको छ । तर आम भुकम्पपिडित नेपाली समुदायको घर आँगन निर्जन थलोको रुपमा परिणत भएको अवस्थालाई हामी नकार्न सक्दैनौ । हामीले मनाउने दशैघर ढलेको छ ।
हामीले पुज्ने देविको मन्दिर भत्किएको छ । भने हाम्रा कैयन आफन्तको देवहासन भएको छ त्यस्तै कैयन आफन्त अपाङग भएका छन । यो पर्व सबै एकैठाउँमा भेला भएर मिठा मिठा परिकार खाएर, एक आपसमा रमाइलो गरेर, मान्यजनको हातबाट टिका लगाएर मानाईने एउटा महान संस्कृती हो । यो हामीलाई थाहा छ । तर भर्खरैको महा बिपती पनि हामी भुल्न सक्दैनौ । फेरी पनि यो महान पर्व मनाउनु कसैको लागि बाध्यता हो ।
यसलाई हामी सहर्ष स्विकार गछौ । घर ढले, मन्दीर ढले । तर हाम्रो आस्था ढलेको छैन, मन ढलेको छैन । यही त हामी नेपालीको गौरव हो । ईतिहास हो । देशमा महाभुकम्प गएपछाडी हामी आमनेपाली यो वर्षको दशै कोही टहरोमा मनाउदैछौ त अधिकांस खरको झुपडीमा मनाउदै छौ । अझैपनि हामी त्योे कहालीलाग्दो पलको छाँयामा छौ । पराकम्पन जाने क्रम अझै रोकिएको छैन । राजमार्ग र केहि सडकले छोएको ठाँउमा जस्ता र काठको टहरा बनाएता पनि लेकबस्तीमा कतिपय मानिस नाङगो आकाशमुनी बस्न बाध्य छन । र यो बर्षको दशै त्यही खुल्ला आकासमा मनाउन विभस छन ।
भुकम्प पछि सरकारले उद्धार तथा राहातमा तदारुकता देखाएपनि सरकारले ६ महिना बितिसक्दा आम नेपालीको दिर्घकालिन आवास र सुरक्षाको विषयमा ठोस पहल गर्न सकेको छैन । भलै सबै भुकम्प पिडितलाई एक थान त्रिपाल र केहि नगन्य परिमाणमा राहात सामाग्री दिएता पनि यो पर्वको समयमा सरकारले पिडितलाई सान्तवना दिने प्रयास समेत गरेन । यो सकारको निर्लज्जपन हो । देशमा गणतन्त्र नेपालको पहिलो संविधान आएको छ ।
करिव आठ बर्षको अन्तरालमा घोषणा भएको संघिय संविधानले जनतामा आशा र उत्साह हुनुपर्नेमा उल्टै आमनेपाली एउटा ठुलो भुमरीमा परेको आभास भैरहेको छ । करिव महिना दिन पुग्न लागेको अप्रत्यासित नाकाबन्दीले भुकम्पले विह्वल र अत्यन्तै कष्टकर जिवन बाचिँरहेका आम नेपाली थपअझै ठुलो मारमा परिरहेका छन । देशमा हरेकसमानको हाहाकार भैरहेको छ । पेट्रोलियम पदार्थको अभावले सवारी साधन चल्न सकेको छैन । खाद्यन्न लागाएत दैनिक उपभोग्य सामानको मुल्य अत्याधिक बृद्धीले आमनेपाली मार माथी हेमारमा परिरहेको यथार्तता हामी माझ छर्लङग छ ।
सरकारले भुकम्प पिडितको लागि तत्काल पन्ध्र हजार छुट्टाए पनि अत्यन्तै ढिलासुस्ती र विना योजनाको तरिकाले भर्खरै जस्तापाताको लागि भनेर वितरण ग¥यो । अझै पिडितहरु उतm रकम नपाएको गुनासो गर्दैछन । जस्तापाताको लागि भनेर दिएको रकमले उतm सामान किनेपछाडी घरबारविहिन जनता जसको घरमा एक माना अन्न छैन,लत्ताकपडा सबै नष्ट भए । उनिहरुले यो दशै कुन खुसीले मनाउने ? सरकारको कुनै उत्तर छैन । अधिकांस गाँउबस्तीमा सरकारले अझैपनि जनताको बासस्थानको बारेका केहि निति ल्याएको छैन । न त कुनै पछिल्लो राहात प्याकेज नै सरकारले दशै अगाडी बाँड्न सक्यो ।
धादिङ नौबिसेका सन्तबहादुर तामाङले यो बर्ष गाई बाध्ने भत्किएको गोठमा जमरा राख्नुभयो । उहाँको घर पुर्ण रुपले ध्वस्त भएको थियो । त्यस्तै नुवाकोट दुईपिपलका हरी पुडासैनीले जस्ताको टहरोकै एक कुनामा जमरा राख्नुभयो । यो त प्रतिनिधि पात्रका उदाहरण मात्र हो । अधिकाशं भुकम्पपिडित जनताको स्थिति यस्तै रहेको छ । उनिहरुमा दशै मनाउने उत्साह छैन । भन्छन बाध्यताको उपज मात्र हो । छोराछोरीको खुसीको लागि पनि जे छ त्यसमा सन्तुष्टी मानेर दशै मनाउन विभस छन अभिभावकहरु ।
भुकम्पले थिलथिलो बनाएको हाम्रो नेपाली समाजलाई मात्र भुकम्प प्रभावित क्षेत्रमा यसको असर थियो । तर हालै भैरहेको देशको संकटकालिन अवस्थाको स्वरुप नाकाबन्दीले देशभरीको जनजिवन नराम्ररी प्रताडित र प्रभावित भैरहेको छ । यो भन्दा अघिल्लो बर्षहरुमा गाउँ गाउँमा यतिबेला छुट्टै चहलपहल भैसकेको हुनेथियो । तर यसपाली देशले नाकाबन्दी भोग्दै गर्दा ईन्धनको अभावले सर्वसाधारण जनता घर जान पाएका छैनन् । गाउँमा दशैको लागि चाहिने समान आउन सकेको छैन । जसले गर्दा आम पडितलाई पिडा माथी पिडा थपेको छ नाकाबन्दीले ।
यतीबेला साच्चै जनता मारमा छन । एकातिर सारा पिडा भुलेर यो महान पर्व मनाउनुपर्ने अवस्था छ भने यो विकराल अवस्था आमनेपालीमा ठिङग उभिएको छ । खुकुरीको धार बनेर । तर पनि यसको सामना गर्न सँघर्ष गदै छन पिडितहरु ।
भुकम्पले थिलिएको आम पिडितको मन देशमा संघिय संविधान जारी भए संगै एक किसिमले प्रफुल्लित भएको थियो । तर त्यो खुसी केहि दिन बित्न नपाउदै आम नेपाली भारतिय अघोषित नाकाबन्दीको चपेटामा परे । र परिरहेका छन । सरकार र आन्दोलनकारीहरु जनताप्रती उत्तरदायी नभएकै कारणले जनताले यो मार खेपिरहेका छन ।
दशै जस्तो महान पर्वमा मानिसहरको ओहोरदोहोर, दशै सामान किनमेल लगाएत आममानिसको जनजिवनलाई बेवास्ता गर्दै अझैपनि आन्दोलनकारी हरु जनताका लागि आन्दोलन भन्दै तिनै जनतालाई भोकभोकै मार्दैछन ।
दशै मनाउन घर जानेहरु सवारीसाधन नपाएकैले घर जान सकेका छैनन भने जानेहरु पनि जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । चाडपर्वको बेला बजारमा सामानको मुल्य आकासिएको छ । कालोबजारी ह्वात्तै बढेको छ । तर सरकार यसमा तदारुकताका साथ लागेको देखिदैन ।
मनपरी भाडा असुलीले यात्रुहरु मारमा परेका छन । यि सबै कुरामा सरकारले कदम चालेको भनिएतापनि ढिलासुस्ती र उदासिनताका कारण जनताले सरकारको आश गर्ने ठाँउ नरहको आभास हुन्छ । यती बेला देश साच्चै संकटमा छ । संविधानको खुसि संगै भुकम्पको पिडालाई केहिपर राखेर जनताले जुन दशै मनाउने सपना साँचेका थिए त्यो सपना अन्तत सपना मै सिमित भएको छ । पिडितले टहरोमै खुसी साट्छु भन्ने सपना समेत तुहाईदिएका छन दलहरु र सरकारले ।
बास्तवमै यति बेला जनता पिडामा छन भन्ने हेक्का समेत दलहरुले नलिइदिदाँ पिडामाथी पिडा थपिएको छ, यतिबेला गाँउ अनि बस्तीहरुमा । जनताको लागि भनेर सरकार संग अधिकारको लडाँई गर्ने दलहरु जनतालाई नै उकुसमुकुस पार्दै भोकमरी र हाहाकारको घेरामा पारेर तिनै जनतालाई तड्पाईतडपाई मार्देछन राजनिति गर्नेहरु । उनिहरु फेरी पनि जनतालाई गुमराहमा पारेर आफ्नो सिमित स्वार्थमा आन्दोलनको नाटक मञ्चन गरिरहेका छन र हामी त्यो नचाहेरै टुलुटुलु हेर्न बाध्य छौ । भर्खरै मात्र संघिय संविधान पछिको पहिलो सरकार बनेको छ । जसको नेतृत्व केपी शर्मा ओलीको रहेको छ । यो सरकारबाट आम जनताले निकै ठुलो आस गरेका छन ।
देशमा भैरहेको आन्दोलनलाई सहज तरिकाले समाधान गर्ने र भुकम्प पछिको पुननिर्माणको कार्यलाई छिटो भन्दा छिटो अघि बढाउने कुरामा जनता आशाबादी छन । पक्कैपनि सरकारले पिडितहरुको मनको कुरा सुन्ने छ भन्ने विश्वास आम नेपालीमा रहेको छ ।
हामी यो दशै को समयमै देश सहज बाटोमा हिडँको देख्न चाहन्छौ । महाभुकम्पलाई एकैछिन विर्सेर यो महान पर्व मनाउन लागिरहेका आम नेपाली समुदाय सरकार र आन्दोलनकारी विच सहमती र सहकार्य भएको हेर्न चाहन्छन । संगसंगै गणतन्त्र नेपालको संघिय संविधान कार्यान्वयनमा सबै दलहरु एकै ठाँउमा उभिएको हेर्न चाहन्छन । यो महान पर्व बडादशैको अवसरमै सरकारले भुकम्प पिडित जनताको लागि पुननिर्माणको विषयमा ठोस निर्णय गरेको हेर्न र सुन्न चाहन्छन ।
अन्त्यमा पङ्तीकार यो सबै कुराको निर्णय गर्न र कार्यान्वयन गर्न दुर्गामाताले सबै राजनितिक दल र आम नेपाली जनतामा सदबुद्धी,सहहृदयी भाव र शक्ति प्रदान गरुन भन्ने शुभकामना दिन चाहान्छु ।
प्रतिक्रियाको लागि-rajdhungna7@gmail.com