टानमा चन्द्ररिजाल समुह विजय (कस्को कति मत)

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २९, २०७२

taan-4ट्रेकिङ एजेन्सिज एसोसिएन अफ् नेपाल टानको निर्वाचनमा चन्द्रप्रसाद रिजाल समुहले जितेको छ ।
ह्यात होटलमा भएको निर्वाचनमा कोषाध्यक्ष बाहेक रिजाल समूहका सबै उम्मेद्वारहरुले जित हाँसिल गरेका छन् ।
१ हजार २१ मतदाता रहेकोमा निर्वाचनमा ७ सय ६२ मत खसेको थियो । साँझ ७ बजेबाट सुरु गरेको मतगणनाको क्रम १ बजेसम्म जारी रहेको थियो । पाँच वटा समूहमा विभाजन गरि मत गणनाको कार्य गरिएको थियो ।
मत गणनाको परिणाम आइसकेपछि पनि प्रथम उपाध्यक्षको परिणामा पुनः मत गणना गरिएको कारण केही समय परिणामको नतिजा घोषणा गर्न ढिलाइ भएको प्रमुख निर्वाचन आयुक्त ठाकुर रमन आचार्यले जानकारी दिए ।

यस्तो छ मतपरिणामः
अध्यक्ष चन्द्र रिजाल- 411
अध्यक्ष सागर पाण्डे- 332

बरिष्ठ उपाध्यक्ष तासी लाक्पा शेर्पा- 404
वरिष्ठ उपाध्यक्ष निमा शेर्पा- 331

प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ- 371
प्रथम उपाध्यक्ष विद्या हिराचन- 365

द्वितीय उपाध्यक्ष रामप्रसाद सापकोटा- 403
द्वितीय उपाध्यक्ष ऋषिप्रसाद नेपाल- 335

महासचिव कर्णबहादुर लामा- 412
महासचिव पासाङ शेर्पा- 327

सचिव मुक्ति पाण्डे- 404
सचिव छेटुप तामाङ- 322

कोषाध्यक्ष लिलाबल्लभ दाहाल- 385
कोषाध्यक्ष सोनाम ग्यल्जेन शेर्पा- 354

सहकोषाध्यक्ष कृष्णमान श्रेष्ठ- 393
सहकोषध्यक्ष शंकर पाण्डे- 322

विजयी सदस्यहरु क्रमश नौ जनाः
रुद्रजंग अधिकारी- 360
तारानाथ लामिछाने- 343
देवी पाण्डे- 376
डम्बरबहादुर अधिकारी- 355
बासु लम्साल- 360
सरिता लामा- 443
ङावाङिमा शेर्पा- 379
वाङ्चु शेर्पा- 370

पेम्बा शेर्पा- 338

नकुल देवकोटा- 292
महेश बुढा- 334
शिवहरी सापकोटा- 308
सूर्यबहादुर घिमिरे- 330
अर्जुन पाण्डे- 323
रविलाल भट्ट- 105
राजन प्रसाद ढुङगाना- 274
हिमाल घले- 322
र, तारा राना- 329