कुन कुन ८ मन्त्रालय पायो एमाओवादीले

Avatar photo
Dhadingpost
बुधबार, अशोज २७, २०७२

Mao-leder-at-Balkotकाठमाडौं । एकीकृत नेकपा माओवादीले पाउने आठवटा मन्त्रालयको टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागीतामा मंगलबार भएको दुर्इ दलका नेताहरूको बैठकमा एनेकपा माओवादीले पाउने ८ मन्त्रालयको टुंगो लागेको हो ।
एनेकपा माओवादीले गृह, स्थानीय विकास, सामान्य प्रशासन, वन र वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनेछ ।
शिक्षा र स्वास्थ्य मन्त्रालयमध्ये एक तथा पर्यटन र उर्जामध्ये एक मन्त्रालय लिने सहमति पनि भएको छ ।
कृषि मन्त्रीका रुपमा हरिबोल गजुरेलले कार्यभार सम्हालिसकेका छन् । एनेकपा माओवादीले राष्ट्रपति र सभामुखमा समेत दाबी गरेको छ ।
– See more at: http://www.khabardabali.com/2015/10/42334/#sthash.3oTgQevK.dpuf