क्षेत्री समाज धादिङले साामुहिक जमरा राख्यो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २६, २०७२

ramthapaधादिङ । छेत्री समाज धादिङले समुहिक जमरा राखि आजदेखी दशैको नवरात्र सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घर–घरमा कल्ऽश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।
घटस्थापनाका दिन दियो, गणेश र कल्ऽशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाल्ऽी, महाल्ऽक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।
यसैक्रममा धादिङवेशीमा भने क्षेत्री समाज नेपालले शितल बजारमा रहेको नवदुर्गाको मन्दिरमा सामुहिक रुपमा जमरा राखेको छ । हरेक वर्ष घटस्थापनाको दिनलाइ स्थापना दिवसको रुपमा मनाउदै आएको क्षत्रि समाज धादिङको अगुवाइमा विजयादशमी पर्व मनाउने सवै जातजातीको सहभागीतमा सामुहिक घटस्थापना गरिएको हो । स्थापना दिवसको अवसरमा धादिङवेशी पुछारबजारबाट ¥याली गर्दे नवदुर्गा मन्दिर प्राङगणमा पुगेर जमरा राखिएको थियो ।
नेपालमा रहेका सवै जातजातीहरुको एकता रहेको र सवै नेपालीहरु मिलेर पर्वहरु मनाउनुपर्छ भन्ने सन्देश दिने उद्येश्यले सामुहिक जमरा राख्ने कार्यक्रम राखिएको क्षत्रि समाज धादिङले जानकारी दिएको छ । यसरी राखिएको जमरा विजयादशमीको दिन टिकाको साथमा लगाउने गरिन्छ ।
तस्वीर सहयोग रामथापा क्षेत्री