टानको चुनाव नजिकियो, रिजाल पक्ष बलियो (उम्मेदवार प्रोफाईल)

Avatar photo
Dhadingpost
सोमवार, अशोज २५, २०७२

यहि असोज २८ गते सम्पन्न हुन गहिरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ् नेपाल (टान)को अधिबेशनमा धादिङ खाल्टे घर भएका पर्यटन व्यवसायी चन्द्र रिजाल पक्ष बलियो देखिएको छ ।
चन्द्र रिजाल पक्षलाई एमाले निकट ट्रेकिङ व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, एकीकृत माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटिन) र ट्रेकिङ क्षेत्रमा प्रतिस्ठित व्यवसायी शेर्पा समुदाय, वैद्य माओवादी र विप्लव माओवादी निकटका पर्यटन व्यवसायीले सहयोग गर्ने भएपछि रिजाल पक्ष बलियो देखिएको हो ।

यस्ता छन् रिजाल पक्षका उम्मेद्वारहरुः

चन्द्रप्रसाद रिजाल (धादिङ)
,अध्यक्षका उम्मेदवार
Chandra Rijal२ दशकदेखि पर्यटन क्षेत्रमा समर्पित चन्द्रप्रसाद रिजाल पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापीत छाता संगठन टे«किङ एजेन्सीज् एशोसियसन अफ नेपाल(टान) निर्वाचन २०१५ मा अध्यक्षका प्रत्यासी हुनुहुन्छ । २०२९ मा धादिङ जिल्ला खाल्टेमा जन्मनुभएका रिजाल २०५० सालदेखि पर्यटन क्षेत्रसँग संलग्न हुनुहुन्छ । ८ वर्षयता सी नेपाल ट्राभल एण्ड एड्भेन्चर सञ्चालन गरी ट्रेकिङ व्यवसायमा सक्रिय रिजालले पर्यटन बोर्डको भ्रष्टाचार विरुद्धको अभियानमा नेतृत्व गर्नु भएका थियो । रिजाल टानलाई व्यवसायिक र पारदर्शी बनाउँदै पर्यटन क्षेत्रकै नेतृत्व संस्थाको रुपमा स्थापित गराउन आगामी असोज २८ मा हुने टानको चुनावी मैदानमा होमिनुभएको छ । साहशिक तथा पर्वतीय पर्यटन नै नेपालको पर्यटनको मुल स्रोत भएको तथ्यप्रति रिजाल सचेत हुनुका साथै यसको विकास, संरक्षण, संबद्र्धन र प्रवद्र्धनमा टानले विशेष भुमिका खेल्नुपर्ने धारणा राख्नुहुन्छ ।

टासी लाक्पा शेर्पा,
वरिष्ठ उपाध्यक्षका उम्मेद्वार
संखुवासभा जिल्लाको मकालु गाविसमा २९ वर्ष अगाडी जन्मिनुभएका टासी लाक्पा शेर्पा ८ पटक Tashi Lakpa Shrepaसगरमाथाको चुचुरोमा पाइला टेक्न सफल पर्वतारोही÷पर्यटन व्यवसायी हुनुहुन्छ । २९ वर्षका शेर्पाले २९ पटक माउण्टेनियरिङ लिडर बनेर धेरै नेपाली र विदेशी पर्यटकलाई सगरमाथा चढ्न सघाउनु भएको छ । पारिवारिक रुपमै आरोहीको ख्याति कमाएका शेर्पाका दुई दाजुहरु ८ हजार मिटरमाथिका संसारका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गर्ने एउटै बाबुआमाको सन्तानको रुपमा विश्व रेकर्ड कायम गर्न सफल हुनुहुन्छ । मनाङ एयर प्रा.लि.का निर्देशक र याक माउण्टेन गियर्स प्रा.लिका प्रबन्ध निर्देशकसमेत रहनु भएका शेर्पा नेपालकै दोस्रो रेमिट्यान्स ट्याक्स नेपाल सरकारलाई बुझाउँदै आएका सेभेन समिट ट्रेक्स प्रा.लिका कार्यकारी निर्देशक पनि हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गरेर आगामी २८ असोज (१५ अक्टुबर) मा टानको चुनावी मैदानमा होमिनुभएका शेर्पाले टानमा व्यवसायी कल्याणकारी कोष स्थापना गरेर जोखिममा परेका साना व्यवसायीको हितमा काम गर्ने लक्ष्य लिनुभएको छ ।

तेजबहादुर गुरुङ (धादिङ),
प्रथम उपाध्यक्षका उम्मेदवार
रुवी भ्यालीको उद्गम थलो धादिङको सेर्तुङमा २०३८ साल बैशाख १ गते जन्मिनुभएका गुरुङ नाममा Tej B Gurungजस्तै काममा पनि तेजिलो हुनुहुन्छ । पर्यटन क्षेत्रमा १८ वर्षभन्दा लामो मेहनत र पसिना बगाएका र अनुभवी तथा अब्बल व्यवसायी गुरुङ पर्यटन भ्रमण वर्ष सन् १९९८ बाट पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ । १९९८ मा भरिया हुँदै ट्रेकिङ क्षेत्रमा लाग्नुभएका उहाँ सन् २००८ देखि आफ्नै ट्रेकिङ कम्पनी स्थापना गरि यस व्यवसायमा हुनुहुन्छ । पर्यटन र नेपाली विषय गरि २ विद्यामा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गुरुङ गणेश हिमाल पर्यटन विकास समितिको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । गुरुङले गणेश हिमाल क्षेत्रको विकासमा धेरै पसिना बगाउनुभएको छ । भूकम्पपछिको पर्यटन क्षेत्रको पुर्नउत्थानसँगै यस क्षेत्रको पुननिर्माण र नवनिर्माणको खाँचो देख्नुहुन्छ उहाँ । पर्यटन क्षेत्रमा पूर्वाधारको विकास पहिलो प्राथमिकतामा पार्नुपर्ने उहाँ बताउनुहुन्छ । पर्यटन क्षेत्रमा भ्याट र करको दर कम गराउन उहाँको जोड रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा उहाँले ताइवान, चीन, भारत, थाइल्याण्ड आदि देशहरुको भ्रमण समेत गरिसक्नुभएको छ ।

Ramparsad Sapkotaराम प्रसाद सापकोटा (धादिङ),
द्धित्तिय उपाध्यक्षका उम्मेदवार
२०२९ सालमा धादिङ जिल्लाको त्रिपुरेश्वर– ६ मा जन्मनु भएका सापकोटा विगत लामो समय देखि ट्रेकिङ व्यवसायमा आवद्ध हुनुहुन्छ । अमेरीकाको ग्रिन कार्ड समेत छाडेर नेपाल फर्केका सापकोटा पर्वतीय र पदयात्रा व्यवसायमा केही गरौं भन्ने सोचका साथ अघि बढेका एक सफल व्यवसायी हुनुहुन्छ ।
विगत २ दशकदेखि पर्यटनमा संलग्न सापकोटा व्यवसाय गरेर धनी बन्ने भन्दा पनि कमाएको सम्पती सामाजिक काममा खर्चन पाउँदा बढि आनन्दित महसुश गर्न रुचाउनु हुन्छ ।
नेपालको पर्यटन प्रवद्र्धनको शिलशिलामा अमेरिका, इटाली, फ्रान्स, भुटान, मलेसिया र भारत भ्रमण गरेका सापकोटा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
उहाँ धादिङको आखुँ खोला जलविद्युत आयोजनाका संचालक समितिका सदस्य पनि हुनुहुन्छ । त्यस्तै लायन्स कल्ब अफ् टुरीजम नेपालमा संलग्न हुनुहुन्छ ।

कर्णबहादुर लामा(काभ्रे),
महासचिवका उम्मेदवार
karda Bएक कार्यकाल टान कार्यसमितिका सदस्य तथा एक कार्यकाल सचिव समेत रहि कार्यसम्पादन गरिसक्नु–भएका लामा विगत साँढे दुई दशक अगाडिदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । काभ्रेको तिमाल क्षेत्रमा २०२७ साल माघ २० गते जन्मिनुभएका लामा पर्यटन क्षेत्रमा चिरपरिचित र संघर्षशील नाम हो । काभ्रे जिल्ला विकास समितिका पूर्व सदस्य रहनुभएका लामा हाल नेपाल क्यानोनिङ एशोसियसनको अध्यक्ष समेत हुनुहुन्छ । टान निर्वाचन २०१५ मा महासचिवको उम्मेदवारको रुपमा खडा हुनुभएका लामा टानको सांगठानिक शुद्धीकरण तथा टानभित्र व्यवसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा हुनुहुन्छ ।

मुक्ति पाण्डे (गोरखा),
सचिवका उम्मेद्वार
Mukti Panday३१ वर्ष अगाडि गोरखा जिल्लाको अश्राङ गाविस वडा नं ९ मा जन्मिनुभएका मुक्ति पाण्डे छोटो समयमै पर्यटन क्षेत्रमा चिरपरिचित व्यवसायी हुनुहुन्छ । सन् २००५ देखि भरियाको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डे हाल आएर सफल व्यवसायीकोरुपमा परिचित हुनुभएको हो । पाण्डे माया नेपाल फाउन्डेसनको बोर्ड सदस्य हुनुहुन्छ । भक्तपुरको बालकोटमा रहेको उक्त संस्थाले अनाथ र असाहाय बालबालिकाको लालनपालनपोषण र शिक्षादिक्षामा सहयोग गर्दै आएको छ ।
नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा पाण्डेले अमेरिका, युरोप, फिनल्याण्ड, नर्वे, स्टोनिया, बेल्जियम, फ्रान्स, थाइल्याण्ड, हङकङ, जापान, चाइना आदि देशहरुको भ्रमण गरिसक्नुभएको छ ।

सोनाम ग्याल्जेन शेर्पा,
कोषाध्यक्षका उम्मेदवार
sonam gyalgemविश्वको शिर सगरमाथाको काख सोलुखुम्बुमा जन्मिनुभएका शेर्पा पढाईको शिलशिलामा काठमाण्डौ छिरेसंगै सन् १९९६ देखि भरिया हुँदै ट्रेकिङ क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँ आगामी असोज २८ हुन गईरहेको टानको कार्यसमिति निर्वाचनमा कोषाध्यक्षको उम्मेद्वारको रुपमा खडा हुनुभएको छ । सन् २०१२ देखि व्यवसायीकरुपमा ट्रेकिङ क्षेत्रमा प्रवेश गर्नुभएका शेर्पा पर्वतीय पर्यटनमा शेर्पा समुदाय र सगरमाथालाई संगसंगै लैजानुपर्ने मान्यता राख्नुहुन्छ । पर्यटन क्षेत्रमा स्थानीयलाई सहभागी गराउँदै पर्यटन गन्तव्यको विकासमा लाग्नुपर्ने भनाई राख्ने शेर्पा आन्तरिक पर्यटन बजारको विकास र विस्तारमा ध्यान दिंदै छिमेकी देशहरुमा नेपालको साहशिक एवं पर्वतीय पर्यटनको आकर्षण बढाउनुपर्ने खाँचो देख्नुहुन्छ । पर्यटन प्रवद्र्धनका शिलशिलामा शेर्पाले चीन, कतार, दुवई, फ्रान्स, इटली, स्वीजरल्याण्ड, स्पेन, जर्मन, पोल्याण्ड, अमेरिका आदि देशहरुको भ्रमण गर्नु भएको शेर्पा स्माइल फर होप फाउण्डेशनको अध्यक्ष, जुभिङ शेर्पा समाजका संस्थापक महासचिव र टानको वर्तमान कार्यसमितमा सदस्य समेत हुनुहुन्छ ।

Krishnaman Shresthaकृष्णमान श्रेष्ठ (धादिङ),
सह–कोषाध्यक्षका उम्मेदवार
२०३२ साल पुस १८ गते धादिङ जिल्लाको ज्यामरुङ–१ मा जन्मनुभएका कृष्णमान श्रेष्ठ सन् १९९७ देखि भरियाबाट ट्रेकिङ क्षेत्रमा लाग्नुभएको हो । श्रेष्ठले सन् २०१२ मा आफ्नै कम्पनी खोल्नुभयो । पोर्टर, गाईड, म्यानेजर, साझेदारी व्यवसाय हुँदै ०१२ मा नेपाल टिवेत ट्रेकिङ प्रा.लि स्थापना गरि आफ्नै व्यवसाय संचालन गर्दै आउनुभएको छ ।

Rudrajung Adhikariरुद्र जंग अधिकारी (धादिङ),
सदस्यको उम्मेद्वार
२०४२ सालमा धादिङ जिल्लाको फुलखर्कमा जन्मनुभएको अधिकारी सफल युवा पर्यटन व्यवसायी हुनुहुन्छ । सन् २००३ बाट ट्रेकिङ व्यवसायमा आवद्ध हुनुभएका अधिकारीले २०१० देखि आफ्नै कम्पनी खोलेर व्यवसाय गर्दै आउनुभएको छ ।
उहाँले ६ बर्ष टे«किङ गाईडको अनुभव संगाल्नुभएको छ । त्यस्तै अधिकारीसंग होटल म्यानेजमेन्ट सम्बन्धि ४ वर्षको अनुभव पनि छ । उहाँको आफ्नै लगानीमा होटल पोखरा भ्यू र होटल अमारिलिज संचालनमा छन् ।
नेपालमा पर्यटन विकासका लागि स्पष्ट भिजन नआएको बताउनुहुने उहाँ नेपाल सरकार र टान संयुक्त रुपमा मिलेर नेपालको टूेकिङ व्यवसायको विकास र प्रवद्र्धनमा लाग्नुपर्ने धारणा राख्नुहुन्छ ।

Taranath Lamichaneतारानाथ लामिछाने (गोरखा),
सदस्यका उम्मेद्वार
२०४० साल साउन २८ मा गोरखा जिल्ला आरुचनौटे–५, खत्रीस्वाँरामा जन्मनुभएका लामिछाने विगत १० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । जागिर खोज्ने शिलशिलामा जागिरे जिवन, त्यसपछि ह्याण्डिक्राफ्ट व्यवसायसँगै रसियन भाषा सिकेर ट्रेकिङ क्षेत्रमा होमिनुभएका उहां ट्रेकिङ गाईड, टुर अपरेटर, म्यानेजर हुँदै २००८ बाट आफ्नै ट्रेकिङ व्यवसायमा आबद्ध हुनुहुन्छ । लामिछानेको ओशोहोम होटल पनि संचालनमा छ ।

Surya B. Ghimireसूर्यबहादुर घिमिरे (खोटाङ),
सदस्यका उम्मेद्वार
२०४० साल भदौ १ गते, खोटाङ, यम्खामा जन्मिनुभएका सूर्यवहादुर एक जुजारु युवा व्यवसायी हुनुहुन्छ । विगत लामो समय देखि पर्यटन व्यवसायमा आवद्ध उहाँको ट्रेकिङ व्यवसायको अलावा ट्राभल, रेमिट्यान्स कम्पनी, स्कुल, सहकारी व्यवसायममा पनि लगानी छ । घिमिरे मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाको प्रबन्ध निर्देशक, आकृति सवमनि रेमिट्यान्स प्रा.लि.का अध्यक्ष, ग्रेट नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लिका प्रबन्ध निर्देशक, ट्याम्के ट्राभल एण्ड टुर्सका अध्यक्ष, बेबीलोन राष्ट्रिय उच्च माध्यामिक विद्यालयका संचालक, इन्क्लुसिभ वोमेन डेभलपमेन्ट फोरम नेपालका महासचिव र विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुनुहुन्छ ।

Devi Pandeyदेवी पाण्डे (गोरखा),
सदस्यका उम्मेद्वार
गोरखा बोर्लाङ–१ मा जन्मनुभएका देवी पाण्डे विगत २३ वर्षदेखि पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्व हुनुहुन्छ । सन् १९९२ देखि विदेशी पर्यटकको भरिया बनेर पर्यटन क्षेत्रमा लाग्नुभएका पाण्डेले २००७ बाट आफ्नै व्यवसाय सुरु गरि पर्यटन व्यवसायीको रुपमा स्थापित व्यक्तित्व हुनुभएको छ । गोरखा पर्यटन कार्यसमिति सदस्य, भिटोफको साधारण सदस्य, किपको सदस्य रहनुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै चिरपरिचित व्यक्तित्व हो ।
अमेरिका, अष्ट्रेलिया, जर्मन लगायत १० देशको व्यवसायीक तथा अध्ययन भ्रमण गरिसक्नुभएका उहाँले विदेशका राम्रा अनुभवलाई नेपालमा लागु गर्न सकिन्छ भनेर चिन्तनशील देखिनुहुन्छ । व्यवसायीक संस्थामा व्यवसायीक वातावरण निर्माण गर्ने र पेशागत अधिकारका लागि लड्ने उहाँको प्रतिबद्धता रहेको छ ।

Dambar B. Adhikariडम्बरबहादुर अधिकारी,
सदस्यका उम्मेद्वार
धादिङको कटुञ्जे ९ मा जन्मनुभएका डम्बर बहादुर अधिकारी विगत १८ वर्षदेखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ । सन् १९९६ बाट भरियाको रुपमा ट्रेकिङ क्षेत्रमा लाग्नुभएका अधिकारी गाईडको काम गर्दै २००६ बाट पर्यटन व्यवसायीको रुपमा स्थापीत र अनुभवी व्यक्ति हुनुहुन्छ । फ्युचर भिलेज नेपाल नामक संस्थामार्फत जिल्लामा शिक्षा र खानेपानीका क्षेत्रमा सामाजिक सेवामा आबद्ध उहाँ पर्यटन व्यवसायमा पनि व्यवसायीक शुद्धता चाहनुहुन्छ ।
समाजसेवामा अधिकारी धादिङ लगायत पर्यटन क्षेत्रमा चिरपरिचित नाम हो । उहाँ पर्यटन पूर्वाधारको विकास र पर्यटन बजारलाई व्यवस्थित पार्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । व्यवसायीक संस्थालाई व्यवस्थित पार्नसकेमात्र यस क्षेत्रमा सोचेअनुरुपको सुधार गर्न सकिने भन्दै उहाँले जग बलियो बनाएर नै पर्यटन क्षेत्रको समग्र सुधारमा लाग्नुपर्ने मान्यता बनाउनुभएको छ ।

Basudev Lamshalवासुदेव लम्साल (धादिङ),
सदस्यका उम्मेद्वार
२०३६ साल असोज १९ गते, धादिङ जिल्लाको ज्यामरुङ गाविस वडा नं. ३ मा जन्मनुभएका लम्साल विगत १२ वर्ष यता पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । त्यसमध्ये १० वर्ष ट्रेकिङ क्षेत्रमा नै लम्सालले आफुलाई समर्पित गराउनुभएको छ । ट्रेकिङ, ¥याफ्टिङ, ट्राभलिङ क्षेत्रमा संलग्न लम्साल मजदुर संगठनमा आबद्ध हुँदै व्यवसायी बन्नुभएको हो ।

Wangchu Shrepaवाङ्छु शेर्पा (भोजपुर),
सदस्यका उम्मेद्वार
भोजपुर जिल्लामा जन्मनुभएको शेर्पा २०४५ सालमा काठमाण्डौं प्रवेश गरेसंगै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्छ । सन् १८८९ देखि नै ट्रेकिङ क्षेत्रको अनुभव संगाल्नुभएको उहाँले २००१ देखि टूेकिङ क्याम्प नेपाल स्थापना गरेर आफुलाई सफल व्यवसायीको रुपमा उभ्याउनुभएको छ । ट्रेकिङ क्षेत्रमा २६ वर्षको अनुभव संगाल्नुभएका उहाँ पोर्टर, गाईड हुँदै कम्पनी स्थापना गरी निरन्तर यस क्षेत्रमा संलग्न हुनुहुन्छ ।

sarita lamaसरिता लामा (रामेछाप),
सदस्यका उम्मेद्वार
सन् २००४ मा नर्सिङ पेसा छाडेर ट्रेकिङ व्यवसायमा होमिनु भएकी लामाले विकट ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आउनु भएको छ । व्यवसायमा महिला सहभागिता र सशक्तिकरणको एजेण्डा बोकेर आगामी असोज २८ गते हुन लागेको टानको निर्वाचनमा सदस्यको प्रत्यासीको रुपमा मैदानमा उत्रिनु भएको छ । रामेछाप जिल्लाको ददुवा गाविसमा २०३८ साल पुस १९ गते जन्मिनुभएका लामा अफ् दी वाल टूेकिङका प्रबन्ध निर्देशक हुनुहुन्छ । इमान्दारीता, धैर्यता, दृढ विश्वास, अथक परिश्रम, लगानशीलताले सफलता हासिल गर्नु भएको लामा टानलाई पारदर्शी, व्यवसायिक र उन्नत संस्थाको रुपमा स्थापित गराउनु पर्ने बताउनु हुन्छ ।

Nyawa Shrepaङावा ङिमा शेर्पा,
सदस्यका उम्मेद्वार
पूर्वी नेपालको विकट पहाडी जिल्ला ओखलढुङ्गाको पात्ले गाविस वडा नं ६ मा जन्मिनुभएका शेर्पा बाल्यकालदेखि नै पर्यटनसंग नजिकिंदो सम्बन्ध राख्नुहुन्थ्यो । सन् १९९६ मा पर्यटन क्षेत्रलाई औपचारिकरुपमा अगाडि बढाउनुभएका शेर्पाले सन् २००६ मा आफ्नै कम्पनी खोलेर कार्य अगाडि बढाउनुभयो । शेर्पा कोरियन बुद्धिष्ट फाउन्डेसन नामक गैरसरकारी संस्थाको कन्टूी म्यानेजर पनि हुनुहुन्छ । ग्रामिण पर्यटन व्यवसायको प्रवद्र्धन समअनुकुल अगाडि बढाउन चाहने शेर्पाले विभिन्न देश १३ देशको भ्रमण गरि सक्नुभएको छ । टानलाई व्यवस्थित गर्ने भन्दै युवा व्यवसायी शेर्पाले टानमा सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।