पत्रकार दिपक कोईलालाको एमाले र एमाओवादीलाई प्रश्नै प्रश्न

Avatar photo
Dhadingpost
आइतवार, अशोज २४, २०७२

dipak koeralaधादिङका पत्रकार दिपक कोईरालाले प्रधान मन्त्रीको चुनाव र शुशिल कोईरालाको उम्मेदवारी केन्द्रित गरि एमाले र एमाओवादीलाई प्रश्नै प्रश्न गर्नु भएको छ ।
केपी ओली संविधान जारी गर्ने एक मूख्य सहायक पात्र हुन्, प्रचण्ड सहयात्री अनि कमाण्डर शुसिल कोइराला हुन् । यस मानेमा अहिलेको प्रधानमन्त्री निर्वाचनमा केपी जिते पनि शुसिल जितेपनि नेपाली स्वाभिमानको ऐतिहासिक जनसंविधान अन्तर्गत सरकार सञ्चालन गर्ने प्रमुख चुनिने हुन् । मैले नबुझेको कुरो । भद्र सहमतिको डकुमेण्ट यो फोके र ट्विटेहरुलाई कैले कसले वितरण गरेछ कुन्नी ? भन्दै आफ्नो फेसबुकमा पत्रकार दिपक कोईरालाले १४० शब्दको लामो स्टाटस पोष्ट गरि प्रश्न गर्नु भएको हो ।
खुवै शुसीलले धोका देको रोदन गर्दैछन् त ? हैन संविधान जारी गरेर ताम्ला कुम्लै बोकेर शुसिल विदा हुन्छन् र कांग्रेस पार्टी सत्ताको राजनीति छोडेर रिट्ठापानी खाएरै बस्छ भन्ने सोचेका रैछन् की के हो कमरेडहरुले ? अत्यधिक सहमति जुटाएर संविधान जारी गर्नु शुसील कोइरालाको ऐतिहासिक सफलता हो । तर अब त देश बहूमतिय प्रणालीमा हुने संसदीय अभ्यासमा गैसक्यो नी ! संविधानसभा संसदमा रुपान्तरित भएपछि राजीनामा दिएर फेरी प्रधानमन्त्री हुन नपाइने हो र ? उहाँले एमाले एमाओवादी तर्फ प्रश्न तेस्र्याउनु भएको छ ।
हिजो सुकुम्बासी आयोग देखि एउटा जिएमको निहुमा सत्ता छोड्ने र संविधान जारी गर्न असहयोग गर्ने घुर्की खेपेको कांग्रेसले एमाले संगको सक्ता साझेदारीमा जानुभन्दा नेतृत्वको प्रतिस्पर्धामा उत्रिएर जिम्मेवार प्रतिपक्षमा बस्नुनै सच्चा लोकतान्त्रीक अभ्यास हुनेछ । संविधान जारी भएपछि प्रधानमन्त्री छोड्ने घोषण गरेका शुसीलले राजीनामा दिएकै हुन् नी ! फेरी निर्वा्चित हुन्न भनेका हुन् र ? कसैको निगाहमा प्रधानमन्त्री हुन्न भन्ने वली कमरेडका चेलाहरुलाई शुसील कोइरालाले प्रधानमन्त्रीमा उम्मेद्धारी हाल्दा किन यति धेरै टाउको दुखेको ? निगाहमा नहुनेले बहूमत पुर्याएर प्रधानमन्त्री हुँदा शुसीलले स्वीकारेनन् भने अर्कै कुरो । हैन भने कतिथ विद्धान कमरेडहरु र स्वानामधन्य पत्रकार महोदयहरु पनि राष्ट्रीयताको डण्डामा लालझण्डा घुसारेर शुशील को सत्तो सराप किन गरिरहेका छन् ? राष्ट्रियताको दुहाइ दिनेहरुको आँट छ मधेश आन्दोलन गर्ने सवैलाई भारतीय भनेर सीमा पारी लखेट्न ? के वली प्रधानमन्त्री भए भने मधेशमा तानाशाही लाद्न सक्छन् ? आखिर मधेसको समस्या राजनीतिक तवर बाटै हल नगरि अर्को उपाय छैन । त्यसो गर्न शुसील कोइराला प्रधानमन्त्री बनेर अघि सरे कसको के टाउको दुखाइ ? भन्दै दिपकले सुशिल कोईरालाको बचाउ गर्नु भएके छ ।
कोईरालाले शुसील कोइराला एउटा ब्यक्तिले प्रधानमन्त्रीमा विन्ती पत्र हालेको हैन । संशदमा सवैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री उम्मेद्धार बनेका छन् । भद्र सहमति भएको हो भने किन आजको मिति सम्म कसैले त्यो सहमतिको प्रति बाहिर ल्याएन ? कांग्रेसकै कार्यकर्ता हुँ भन्ने विद्धान महोदयहरु पनि कान नछामेर कागको पछि दगुरेझैँ शुसील कोइरालाको उम्मेद्धारीको विरोध गरिरहेको देख्दा मलाई उदेक लागिरहेको छ ? हैन कांग्रेसीमित्र हरु ! तपाईहरु संग भद्रसहमतिको दस्तावेज छ भने त्यसको ल्फेक्स ब्यानर बनाएर केन्द्रिय कार्यालयमा अनशन बस्नुस् । हैन भने सस्तो लोकप्रीयताको दौडमा नलाग्नुस् । तपाईको स्वाभिमान गिरेको आभास छ भने केपी कमरेडको पार्टीको सदस्य बन्न तपाईलाई कस्ले रोक्ला र ?भनेर समेत आफ्नो स्टाटरमा आक्रोस पोख्नु भएको छ ।
उहाँले स्टाटरको अन्तिम प्यारेग्राफमा पोष्ट गर्नूभएको छ- स्मरण रहोस् देशको यावत समस्याको हल खोक्रो आडम्बरी राष्ट्रवादले गर्दैन । त्यसको लागि सवैलाई समेटेर अघि बढ्ने शाहस र कठिन पीडालाई सहन गर्न सक्ने क्षमता चाहिन्छ । त्यो दुवै गुण केपी कमरेडमा भन्दा शुसील कोइरालामा छ । सर्वहारा वर्ग र कथित राष्ट्रवादको सस्तो लोकप्रियतामा राजनीति टिकाइरहेका बामपन्थीहरुलाई शुसील कोइराला भारतीय उम्मेद्धार भनेर प्रचार गर्न त सजीलै छ । तर शुसीललाई जितेर सत्ताको नेतृत्व गर्दै संविधानको सफल कार्यान्वयन गर्न त्यति सजिलो कहाँ छ र ?