नयाँ प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार मध्याह्न पौने १२ बजे उम्मेदवारी मनोनयन दर्ता गराए भने कांग्रेस सभापति कोइरालाले दिउँसो साढे १ बजे मनोनयन दर्ता गराए ।
एमाले अध्यक्ष केपी ओलीको एकीकृत माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावकमा राप्रपा नेपालका कमल थापा समर्थक प्रस्तावक बसेका छन् ।
कोइरालाको प्रस्तावकमा आफ्नै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल रहेका छन् ।
कस्को मत कति
ओलीको पक्ष
नेकपा एमालेका १ सय ८३, एकीकृत माओवादीका ८३, राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २ सय ९१ हुन्छ भने ओलीलाई समर्थन गर्ने स्पस्ट गरिसकेका साना दलकोसमेत गरी ३ सय १९ मत पुग्ने निश्चित प्रायः देखिएको छ ।
कोईराला पक्ष
कांग्रेसको २ सय ७
प्रधानमन्त्रीका चयनको प्रयोजनका लागि आइतबार बिहान ११ बजेका लागि संसद बैठक आह्वान गरिएको छ ।