कोठामा राखिएको पेट्रोल सल्किँदा तीनको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, अशोज २३, २०७२

aago-fire-koteshworकाठमाडौं, २३ असोज । घरमा भित्र राखेको पेट्रोलमा आगो सल्कँदा काठमाडौं कोटेश्वरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार रामेछाप–८ घर भएका ३६ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया पत्नी देवकी श्रेष्ठ र ८ वर्षकी छोरी जेनीसा श्रेष्ठको मृत्यु भएको हो ।
आगलागी शुक्रबार बेलुका करिब ९:१५ बजेतिर आगलागी भएको थियो । प्रहरीले आगलागीको खबर पाउने बितिकै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लेखराज ट्याक्सी चालक थिए । उनले अभावको बेला कोठामै सञ्चय गरेर राखेको पेट्रोल आफनै सारु दाइ पर्नेलाई लिन बोलाएका थिए । पेट्रोल भर्ने क्रममा नजिकै बालेको मैन बत्त्तिले सल्केर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।