नेपाल सरकार र इजरायल सरकारबीच भएको पूर्व सहमति अनुसार अन्ततः इजरायले ३ सय कामदार लान आवेदन खुल्ला गरेको छ ।
वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गर्दै इजरायल जान इच्छुक र योग्यता पुगेका नेपाली कार्तिक १५ गते भित्र आवेदन गर्न सुचना प्रकाशित समेत गरेको छ ।
नेपाल र इजरायल सरकारबीच २०७२ साउन २२ गते भएको सहमति अनुसार केयर गिभरको संयुक्त पाइलट कार्यक्रम अन्तर्गत, ३०० जना कामदार लाने सहमति अनुसार यो विज्ञापन गरिएको जनाइएको छ ।
के काम को लागि मान्छे माग्यो इजरायलले
इजरायलमा बृद्ध, अपाङ्ग तथा अशक्त रोजगारदाताको निजी उनीहरुको स्याहार, सम्भार र रेखदेख गर्न इच्छुक योग्य नेपाली नागरिकहरुले यो सूचना अनुसार आवेदन दिन सक्नेछन् ।
केयर गिभरको अन्तिम छनौट गर्ने सम्पूर्ण जिम्मेवारी Department of Foreign Employment (DOFE) / Population & Immigration Authority (PIBA) को मात्र हुने भएकोले कुनै पनि इजाजतपत्रवाला म्यान पावर एजेन्सी वा प्रतिनिधि तथा अन्य व्यक्तिसँग सम्पर्क तथा कारोबार नगर्नु हुन पनि विभागले सबैलाई सूचित गरेको छ ।
यो चरण अन्तर्गत प्रथम चरणमा सफलतापूर्वक छनौटमा परेका (अंग्रेजी भाषाको परीक्षामा उत्कृष्टता प्राप्त गरेका र २० घण्टाको व्यवहारिक तालिम सहित ६० घण्टाको थप तालिम सम्पन्न गरेका व्यक्ति इजरायल जान पाउने पनि जनाइएको छ । विभागका अनुसार यो पटक ५० देखि ६० जना योग्य व्यक्ति (८० प्रतिशत महिला र २० प्रतिशत पुरुष) लाई विभागले नमुनाको रुपमा पाठाउन लागेको बताएको छ ।
आवेदन फारमको ढाँचा विभागको वेभसाइटबाट डाउनलोड गर्न सकिने पनि जनाइएको छ ।