सरकारले खुमबहादुर खड्कालाई ३५ लाख दिने

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २२, २०७२

khumbahadur khadkaआश्विन २२ । परिवर्तन हुनलागेका अहिलेको सरकारले नेपाली काँग्रेसका धनी नेता खुमबहादुर खड्कालाई ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई उपचार खर्चबापत १५ लाख र द्वन्द्वकालमा घर क्षति भएकाबापत २० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
दाङमा रहेको उनको घर द्वन्द्वकालमा क्षति भएको थियो । खड्का केही समयदेखि किड्नीको उपचार गराइरहेका छन् ।
अकुत सम्पति कमाएका नेता खुमबहादुरलाई सरकारले ३५ लाख दिने निर्णय गरे सँगै एमालेमा चर्को विवाद भएके छ । एमाले मन्त्रीहरुले विरोध नगरेको प्रति एमाले भित्र नै मतभेद देखिएको हो एमालेका एक केन्द्रिय नेताले उपचार खर्च दिनु स्वभाविक भए पनि यति धेरै रकम दिनु न्याय सङ्गत नभएको बताए ।