मैले अनुभव गरेका तेज

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २२, २०७२

tej-dai-taanमैले असारे झरीमा १८ दिन लगाएर यात्रा पूरा गरेको रुवी भ्यालीको अति दुर्गम भेगमा पर्छ तेजबहादुर गुरुङको घर । उनको दैलोमा पाइला टेक्ने अवसर पाएको छु मैले पत्रकार बनेर पुग्दा । उनी सामान्य परिवारको एक सदस्य हुन् । उनले मलाई उनको बारेमा त्यत्ति धेरै वेलिविस्तार लगाएका छैनन् तर मलाई थाहा छ– तेजबहादुरको दुःख र उनले यहाँसम्म आउनको लागि गरेका मेहनतहरु ।
आज गणेश हिमाल पर्यटन विकास समितिको बरिष्ठ उपाध्यक्ष भनेर परिचय बनाउनको लागि उनले गणेश हिमाल क्षेत्रमा धेरै पसिना बगाएका छन् । विदेशीको सेवा गरेर कमाएको लाखौं रुपैयाँ उनले सो क्षेत्रमा खन्याएका छन् र विकासका केही पहल कदमीहरुको सुरुवात गरेका छन् । रुवी भ्यालीलाई रुवी भ्याली बनाउनको उनको ठूलो योगदान त नहोला तर एक खुड्किलो थप्न भने अवस्य सहयोग गरेको छ, त्यो मैले नै देखेको छु ।
तेजलाई मैले बौद्धिक बर्गको एउटा पर्यटन व्यवसायी भनेर चिन्छु । उनी कुनै दल वा पार्टीमा आस्था राख्लान, कहिले काँही देशको चिन्ता गर्लान् र खुल्लामञ्चसम्म भाषण सुन्न आइपुग्लान् । त्यो उनको व्यक्तिगत स्वतन्त्रता र नागरिकको नैसर्गिक अधिकार हो ।
तेज अहिले नजिकिदै गरेको टानको प्रथम उपाध्यक्षका प्रत्यासी हुन् । उनले टान निर्वाचनमा जित हात पार्लान् या नपार्लान् त्यो उनकै मेहनत र उनले लगाएका गुनको प्रतिफल हुनेछ । तर, खटेर काम गर्ने अनि काममा बौद्धिकताको प्रयोग उनको सधैं जोडिरहने गुण हो । तसर्थ, आज भारी बोकेर पर्यटन क्षेत्रमा छिरेका तेज मालिक बन्दै सामाजिक काममा हात अगाडि बढाउँदैछन् ।

(टानको नेतृत्वमा चन्द्र रिजाल समूहबाट प्रथम उपाध्यक्षको प्रत्यासी बनेर चुनावी मैदानमा उत्रिएका तेज गुरुङको बारेमा पत्रकार शिव श्रेष्ठले आफ्नो फेसबुकमा लेखेको स्टाट्सबाट जस्ताको तस्तै)