चेतनामुलक र सन्देश मुलक समाचार सम्पेषण आग्रह

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २१, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । बालबालिकाहरुमा देखा परेको मनोबैज्ञानिक असरको बारेमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केही दिनअघि भुमेस्थानको लीलाकाली माध्यामिक विद्यालयका विद्यार्थीहरुमा देखा परेको समुह रुपान्तरित मनोविकार जस्ता समस्याको बारेमा छलफल भएको थियो । विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरु काम्ने, घाँटी निर्चोने, चिच्याउने रुख चढ्ने र धेरै मानिसहरुको भिडमा आफ्नो ज्यान फाल्ने जस्ता समस्याले नियमित अध्यापनमा समस्या परेको थियो ।
विद्यालयमा अनौठोे समस्या देखा पर्न थालेपछि भुकम्प पश्चात बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेको सस्था सेभ त चिल्ड्रन र फोकस नेपालले विद्यालयमा स्थलगत अनुगमन नै गरि आज सरोकारवालाहरुको विचमा त्यहाँको अवस्थाको बारेमा जानकारी गराएको हो ।
मानसिक डर, चिन्ता र त्रासलाइ मनभित्रै दवाएर राख्दा यस्ताखाले असर देखिने भएकाले त्यो लक्षण ठुलो हानी पु¥याउने खालको रोग नभएको र उनीहरुलाइ मनापरामर्श पश्चात निको हुदै जाने मनोविमर्शकर्ता टिपिओ नेपालका हरिकला भण्डारीले जानकारी दिनुभयो ।