भोका लाइ एकछाक भोजन होइन जिओउने जुक्त्ति सिकाऔं

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १९, २०७२

hefar11धादिङ । एक्सन नेपाल धादिंग र हेफर इन्टर नेसनल नेपाल को संयुक्त्त साझेदारी मा संचालित साना किशान उद्यमी सवलिकरण परियोजना अन्तर्गत भोका लाइ एकछाक भोजन होइन जिओउने जुक्त्ति सिकाऔं भन्ने उदेश्यका साथ् ४ दिने आधारशिला तालिम आज सम्पन्न भएको छ|
नीलकण्ठ न.पा.वडा नं ८ मा गठन भएको कंकाली माहिला समूह र दीपज्योति महिला समूह का ४६ जाना महिला हारुलाइ लक्षित तालिममा परिवर्तनको सुरुवात आफैबाट गरौ र आत्मनिर्भर बनाऔ भन्ने उदेश्यका साथ् सुरु गरिएको थियो |
तालिममा, नेता, नेत्रितोसैली, मुल्य मान्याता, साझेदार संस्था, हफेरको परिचयको साथ साथै न्योचित एबम दिगो बिकाश को लागि हफेरको १२ वोटा आधारशिला माथि छलफल गराइएको थियो | जस अन्तर्गत उपहार प्रधान, उत्तार्दायेत्तो, पशु तथा श्रोत को उचित ब्याबस्थापान, बाडीचूडि उपभोग र स्याहार, लैघिक र परिवार केन्द्रबिन्दु लगायतका बिसय बस्तु माथि परियोजना संयोजक शन्त भट्टराई, प्राविधिक संयोजक सुबाश खतिवडा, सामुदायिक सहजकर्ता मिना लम्साल र फत्त कुमारी श्रेष्ठ ले सहजीकरण गर्नुभएको थियो |
तालिम को अन्त्य मा सहभागीहरुले जीवन मा आधारशिला जस्तो महत्तोपुर्ण तालिम मा सहभागी हुन पाउदा अत्तन्तै खुसि भएको र तालिम जीवनको मार्गदर्शक पनि बन्ने छ भन्दै आयोजक संस्था र हेफर इन्टरनेसनल नेपाल ले ल्याएको एस कार्यक्रम प्रति सदैब सकारात्मक रहने प्रतिबद्धता गर्नुभएको प्राविधिक संयोजक सुबाश खतिवडा ले जानकारी दिनुभयो |