ओलीलाई बनाउने भद्र सहमति भएकै हो : कोइराला

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १९, २०७२

Koirala speaks with media personnel during a news conference after filing his nomination for the post of prime minister for the election to be held on Monday at the Parliament Secretariat in Kathmanduकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालले संविधान निर्माणपछि नेकपा एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति गरेको स्वीकार गर्नु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइरालाले आफू एक्लैले गरेको सो सहमतिबारे पार्टीभित्र छलफल गरेर नयाँ सरकार नेतृत्वसम्बन्धी निर्णय लिने बताउनु भयो । ।

१८ दल सम्मिलित बैठकमा प्रधानमन्त्री कोइरालाले भावी सरकार र मुलुकको वर्तमान परिस्थितिबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पदान समिति बैठक बोलाएको पनि जानकारी गराउनु भएको थियो ।

‘उक्त (भद्र सहमति के गर्ने भन्ने) विषयबारे पार्टीमा छलफल हुन्छ, त्यसपछि निर्णय लिन्छौं’ कोइरालाले सञ्चारकर्मीसँग भनेको खवर आजको नागरीक दैनिकमा छापिएको छ ।