सहमति बाहिर नजाऔं– प्रचण्ड

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १९, २०७२

Prachandaकाठमाडौं । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले अहिले मुख्यतः ठुला तीन दल सहमतिभन्दा बाहिर जान नहुने बताउनु भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकले समेत समस्या समाधान गर्ने आधार सहित राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्णय गरेको हो । को व्यक्ति प्रधान मन्त्री बन्छ भन्नु भन्दा पनि १६ बुँदे गर्दा देखि नै भएको भद्र सहमति कार्यान्वयन गर्न केन्द्रिय समितिको बैठकले सुझाव दिएको छ ।
‘१६ बुँदे सहमति हुँदा कांग्रेसले केपी ओलीलाई प्रधानमन्त्री भनेको हो । एकीकृत माओवादीले ठिकै छ मात्रै भनेको हो । त्यो भद्र सहमति सबै पार्टीले आ–आफ्नो पार्टीभित्र निर्णय गरेका होइनन्’, एक केन्द्रिय सदस्यले बताए ।
बैठकले अबिलम्ब नाकाबन्दी खुलाउन भारतसँग आग्रह गरेको छ । बैठकले भारतलाई भूपरिवेष्ठित पारावहन सन्धि सुनिश्चिता गर्न समेत आग्रह गरेको छ ।