मधेस आन्दोलनमा घुसपैठ- प्रचण्ड

Avatar photo
Dhadingpost
सोमवार, अशोज १८, २०७२

p1काठमाडौं, असोज १७ । एमाओवादी अध्यक्ष प्रचण्डले मधेस आन्दोलनमा घुसपैठ भएकोले समस्या भएको बताउनु भएको छ ।
नेपालको संविधान र कार्यान्वयनका चुनौती विषयमा एमाओवादीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रचण्डले मधेसी जनताका नाममा एक दुईजनालाई उचाल्ने काम भएको बताउनु भयो । “मधेसी जनताले उठाएका जायज मागहरुमा हामीहरु उनीहरुसँगै छौं । तर उनीहरुलाई केही गलत तत्वले उचाले ।” प्रचण्डले प्रचण्डले भन्नुभयो ।
प्रचण्डले मधेसी र थारु जनताका समस्या रहेको भएपनि जायज मागहरुलाई छिटो संशोधन गरेर जानुपर्नेमा उहाँको भनाई थियो । “सयको सय हुन्न, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषयहरुमा हामीले पनि अडान लिँदै आएको हौं । त्यसमा संशोधनमार्फत जानुपर्छ ।’ “हामी ठाउँ ठाउँमा लर्बरियौं सम्पूर्ण विजय अझै पनि भएको छैन । “गच्छदारसहित ४ दलको भूमिका थियो, हामीलाई विभाजन गर्न खोजे । तर पनि जनताको जीत भयो ।” प्रचण्डको भनाई थियो ।