नेपाली क्रिकेटका हिरो पारसलाई बर्खास्ती

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १५, २०७२

Nepal-Parasएजेन्सी । नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कप्तानबाट हटाउने निर्णय गरेको छ ।

क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष निकालेको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।