मलेखुमा हिमानीलाई नौमती बाजाले स्वागत

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १४, २०७२

???????????????????????????????धादिङ । पुर्वयुवराज्ञी हिमानी शाहलाई नौमती बाजाको साथमा स्वागत गरिएको छ । मलेखुमा स्थापाना गरिएको बृद्धाश्रमलाई हिमानी ट्रस्टबाट सहयोग प्राप्त भएपछि शाहालाई भव्य स्वागत गरिएको हो ।
OLYMPUS DIGITAL CAMERAजेष्ठ नागरिक दिवसको अवसरमा पारी भद«काली सामुदायिक विकास समाजद्वारा सञ्चालित जेष्ठ नागरिक सेवा आश्रम (बृद्धाश्रम) को नवनिर्मित भवनको एक विशेष समारोहका बीच पुर्वयुवराज्ञी हिमानी शाहले १८ कोठे पक्की भवनको आज उद्घाटन गर्न मलेखु आउनु भएको थियो ।
OLYMPUS DIGITAL CAMERAगजुरी गाउँ विकास समितिको वडा नं २ मा करिव २ करोड ५० लाखको लागतमा बनाइएको उक्त बृद्धाश्रम संचालनको लागि हिमानी ट्रष्टले १८ कोठे क्षमताको बृद्धाश्रमको सवै कोठाहरुमा आवश्यक पर्ने भौतिक सामाग्रीहरु खाट दराज र सिरक डसना म्याट्रेस लगायतका सामानहरु सहयोग गरेको थियो । जसअन्तरगत ३६ वटा खाट र त्यसका लागि आवश्यक पर्ने सिरक डसना, सिरानी, कार्पेट कपडा पर्दा लगायतका सामाग्रीहरु रहेका छन ।
OLYMPUS DIGITAL CAMERAबृद्धाश्रम संचालनको लागि सहयोग गर्दे हिमानी ट्रष्टले आगामी सहयोग गरिएका सामाग्रीहरुको सही सदुपयोग भएको खण्डमा आगामी दिनमा पनि बृद्धाश्रमलाइ सहयोग गर्ने राणाले जानकारी दिइन ।
बृद्धाश्रम उद्घाटनकै अवसरमा भद्रकाली आमा समुहका सदस्यहरुले हिमानी शाहको विहीवार नै परेको जन्मदिनको शुभकामना स्वरुप मायोको चिनो प्रदान गरेका थिए । हिमानी शाहले जन्मदिनको उपलक्षमा कार्यक्रममा उपस्थित बृद्धाबृद्धाहरुलाइ फलफुल वितरण गरेकी थिइन ।