संविधानबाटै असहमतिताई सहमतिमा रुपन्तरण– नेम्वाङ

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १४, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । संविधानमा चित्त नबुझेका बिषयहरुमा संशोधन गरेर जान सकिने भएकाले आन्दोलनरत दललाई यहि संविधान बाट निकास खोज्न सभामुख सुवासचन्द्र नेम्वाङले अग्रह गर्नु भएकोछ ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख नेम्वाङले अहिलेको संविधान सबैको भावना समेटेर आएको वताउनु भएको छ ।
विश्व इतिहासमा नेपालले अद्धित्तिय संविधान पाउन सफल भएकाले कुनै पनि बिषयमा असहमती भएर संसदबाट निकास खोज्न उहांले आग्रह गर्नुभएको छ ।
सभामुख सहित सात जना सभासदलाई नागरिक सम्मान
OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA
कार्यक्रममा संविधान सभा मार्फत संविधान जारी गरेर नेपाली जनताको भावनाको कदर गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सभामुख सहित सात जना सभासदलाई बुधवार धादिङबेसीमा नागरिक सम्मान गरेको छ ।
सभामुख नेम्वाङ, धादिङ जिल्लाबाट निर्वाचत सभासदहरु राजेन्द्रप्रसाद पाण्डे,गुरुप्रसाद बुर्लाकोटी,धनवहादुर घलेका साथै समानुपातिक तर्फका सभासदहरु गंगालाल तुलाधर,दिलमान पाख्रिन,परशुराम तामाङ र रविन्द्रप्रताप शाहलाई नागरिक अभिनन्दन गरिएको थियो ।
OLYMPUS DIGITAL CAMERA
कार्यक्रममा महासंघ जिल्ला शाखा धादिङका संस्थापक सभापति सीतारामप्रसाद वर्मा,पुर्व अध्यक्ष्ना राजेन्द्रप्रताप शाहलाई पनि सम्मान गरिएको थियो । यसैगरी भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।