कल्पना धमला पनि बाबुराम तिर

Avatar photo
Dhadingpost
बुधबार, अशोज १३, २०७२

बाबुराम kalpanaएमाओवादी बाट बाहिरिए पछि बाबुराम सँग को काृ जाने हुन ? चासोको विषय बन्दै आई रहेको थियो । आज एक साप्ताहिक पत्रिकाले खुलासा गर्दै बाबुराम तिर ९ जना केन्द्रिय सदस्यहरु रहेको बताएको छ । संविधान निर्माण प्रक्रियामा भारतलाई बेवास्ता गरेको भन्दै बाबुराम भट्टराईले एमाओवापाटी नै परित्याग गरे । तर, नयाँ शक्ति भन्दै आएका उनलार्य अरुले त परै जाओस् पार्टीभित्र उनकै दाहिने हातका रुपमा चिनिएका नेताले पनि साथ छोडेका छन् ।
अाजकाे बुधबार साप्ताहिकमा खबर छ– बाबुरामले सबैभन्दा ठूलो भर स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको गरेका थिए । तर, अहिले रायमाझीले भट्टराईको साथ छोडेका छन् ।
उनलाई साथ दिनेमा १५० केन्द्रीय सदस्य मध्ये जम्मा ९ जनामात्र छन् । जसमा पत्नी हिसिला यमी, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, रामरिझन यादव, प्रभू साह, रामचन्द्र झा, रामकुमार शर्मा, देवेन्द्र पराजुली, कल्पना धमलाले मात्र उनलाई साथ दिने बताइन्छ ।