मेसीद्वारा धादिङका भुकम्प पिडितलाई सहयोग

Avatar photo
Dhadingpost
आइतवार, अशोज १०, २०७२

messiधादिङ । विश्व फुटबल ईतिहासमा नाम कमाएका Leo Messi ले धादिङका भुकम्प पिडितहरुलाई सहयोग गरेका छन् ।
लापाबाट विस्थापित भई ढोला– ७ मा अस्थाई शिविरमा बस्दै आएका ५६ घर धुरीलाई फुटबलर मेसीले सहयोग गरेका हुन् ।
Himalayas Foudation Spain मार्फत फुटबल खेलाडी मेसीले अस्थाई शिविरमा बस्दै आएका भुकम्प पिडितहरुको ५६ वटा भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।
भवन निर्माणका लागि स्पेन निवासी Edurne Pasaban Lizarribar ले पनि सहयोग गर्नु भएको छ । ८ हजार भन्दा माथिका सबै हिमाल आरोहण गरेकी Edurne Pasaban Lizarribar ले सगरमाथा पनि २ पटक आराहण गरि सकेकी छिन् ।
नेपाललाई राम्रो सँग चिन्छु, अहिले नेपालका केहि जिल्ला भुकम्पले क्षेत विक्षेत छ यस्तो बेला सहयोगको खाचो हुन्छ त्यसैले मेसी र मेरो पहलमा धादिङ ढोलामा बस्दै आएका भुकम्प पिडितहरुको लागि ६ पिल्लरको ८ कोठे ५६ वटा भवन बनाउदै गरको भ्मगचलभ Edurne Pasaban Lizarribar बताउनु भयो ।