ग्रामिण यातायात सहकारी संस्थाको साधरण सभा सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, अशोज ९, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको सातौं बार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । धादिङ उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभामा नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष दिनेश भण्डारीले ग्रामिण यातायत सहकारीको माध्यामबाट यातायत संचालन गर्नु नमुना योग्य काम भएको बताउनु भएको थियो ।
उहाँले यातायत क्षेत्रको लागि आफुले सक्दो सहयोग प्रतिवद्धता व्यक्त गदै्र्र ग्रामिण यातायातको साधारण सभालाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका कृष्ण अर्याल, एमाओवादीका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी, धादिङ यातायातका अध्यक्ष अर्जुन गोर्खाली लगायतको आतिथ्यता रहेको थियो ।