बाबुरामले एमाओवादी छाडेको घोषणा

Avatar photo
Dhadingpost
अशोज ९, २०७२

baburamकाठमाडौं । एमाओवादीका वरिष्ट नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको घोषणा गर्नू भएको हो ।

आशालाग्दा नेता भट्टराईको यो कच्चा निर्णयले बाबुरामलाई त सिद्धायो तर एमाओवादी समेतलाई अर्को धक्का लागेको टिप्पणी गरिन थालेको छ ।
भारत खेमा जस्तो वकालत गर्दै आएका बाबुरामले अर्को पार्टी खोल्छन् हामीलाई राम्रै थाहा थियो बाबुराम भारत कै दलाली हुन संविधान निर्माणमा भरतिय योजना सफल बनाउन नसके पछि रिस पोखेका हुन् एमाओवादीका एक केन्द्रिय सदस्यले बताए ।
भट्टराईले संविधान जारी भएसँगै पार्टी नेतृत्वसँग असन्तुष्टी जनाउँदै आएका थिए । नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आयोजित कार्यक्रममा भट्टराईले पार्टीको साधारण सदस्यता पनि परित्याग गरेको बताउनु भएके थियो ।