राष्ट्रपतिद्वारा असोज १५ गते संसद अधिवेशन आह्वान

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ८, २०७२

indexकाठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले आउँदो १५ गते शुक्रबारका लागि व्यवस्थापिका संसदको बैठक आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

यसअघि प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संसदीय मामिला र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले सभामुख सुवासचन्द्र नेम्बाङलाई भेटेर संसद् बैठक आह्वान गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो ।

संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका–संसद् बैठक आह्वान गर्नुपर्नेछ ।