आइसिसी वर्ल्ड कप छनौट प्रतियोगिताका लागि नेपाली टोली घोषणा

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ८, २०७२

Nepal-U19नेपाल क्रिकेट संघ क्यानले १९ वर्षमुनिको आइसिसी वर्ल्ड कप छनौट प्रतियोगिताका लागि १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।
असोज २६ देखि कात्तिक ६ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि कप्तान रिजलासँगै उपकप्तान आरिफ शेख, दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ र सुशील कँडेल छनौट भएका छन् ।

यस्तै प्रेम तामाङ, राजवीर सिंह, कुशल भुर्तेल र ललितनारायण राजवंशी पनि छनौटमा परेका छन् । कमल ऐरी, आशिष धामी, सन्दिप लामिछानेर हिमांशु दत्त वैकल्पिक खेलाडीका रुपमा छनौटमा परेका छन् । प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा, र पपुवा न्यु गिनी सहभागी हुनेछन् । यो प्रतियोगिताको विजेता टिमले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।

विश्वकपमा आइसिसीका दश पूर्ण सदस्य राष्ट्र अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र जिम्बाबे सहभागी हुनेछन् ।