वेपत्ता परिवारको सहयोगी परियोजाना सकियो

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ७, २०७२

2 copyधादिङ । धादिङमा वेपत्ता परिवार केन्द्रित कार्यक्रम गर्दै आई रहेको हातेमालो परियोजना सम्पन्न भएको छ । ICRC सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजनाका संचालन भएको यस परियोजना साढे २ वर्ष पछि आज सम्पन्न भएको हो ।
नेपालमा वि.स २०५२ देखी २०६३ सम्म चलेको जनयुद्धको दौरानमा वेपत्ता करिब १३६० भन्दा बढि व्यक्तिका परिवारहरुलाई मनोसामाजिक सहयोग गर्न सन् २०१० देखि परियोजना संचालन गरिएको थियो ।
1 copyजसमा धादिङका ११ गाविस (आगिञ्चोक, मार्पाक, जोगिमारा, बेनिघाट, गजुरी, बैरेनी, केबलपुर, थाक्रे, जीवनपुर, नौविसे, छत्रेदेउराली) का ४१ वेपत्ता परिवार लाबान्भित थिए ।
यस हातेमालो परियोजना अन्तरगत ICRC ले वेपत्ता परिवारहरुलाई मनोबैज्ञानिक, आर्थिक, प्रशासनिक/कानूनी, सामाजिक/संस्मरणात्मक सिपमुलक तालिम लगायतका क्रियाकलापमा सहयोग उपलब्ध गराउदै आएको थियो ।
परियोजना समापन कार्यक्रममा नेपाली काँग्रेसका सचिव भक्त लामा, एमालेका कार्यालय सचिव प्रेमनाथ सिलवाल र एमाओवादीको जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले हातेमालो परियोजनाको प्रशंम्सा गर्नु भएकोे थियो । (तस्वीर सहयोगः सुजन रेग्मी)